कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

खोटाङमा बाढीबाट ८५ र पहिरोबाट ४३९ घरधुरी अति जोखिममा

डम्बरसिं राई

खोटाङ — जिल्लामा बाढीबाट ८५ घरधुरी र पहिरोबाट ४३९ घरधुरी जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले गरेको सर्वेक्षणले देखाएको छ । मातहतका प्रहरी युनिट मार्फत गरिएको सर्वेक्षणले बाढीबाट ८५ घरधुरीको ३२० जना र पहिरोबाट चार सय ३९ घरधुरीको एक हजार सात सय ६१ जना उच्च जोखिममा रहेको देखिएको हो ।

खोटाङमा बाढीबाट ८५ र पहिरोबाट ४३९ घरधुरी अति जोखिममा

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार बाढी पहिरोका कारण जोखिममा परेकाहरूलाई सतर्कताका साथ बस्न आह्वान गरिएको छ । मनसुनजन्य प्रकोपबाट हुने जनधनको क्षतिबाट जिल्लाबासीलाई जोगाउन सर्वेक्षण गरिएको खड्काको भनाई छ ।

डिएसपी खड्काका अनुसार जिल्लाको दश स्थानीयतहमध्ये चार स्थानीयतह बाढी तथा डुवानको उच्च जोखिममा रहेको प्रहरीको सर्वेक्षणले देखाएको छ ।

ऐसेखुखर्क गाउँपालिकाको वडा नं. १ राखाबाङ्देल र वडा नं. ३ ऐसेलुखर्क, रावाबेसी गाउँपालिकाको वडा नं. १ कुभिण्डे र वडा नं. ६ हौंचुर, हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. ७ महादेवस्थान र वडा नं. ९ सल्ले तथा केपिलासगढी गाउँपालिकाको वडा नं. ४ बाक्सिला र वडा नं. ७ सुङ्देल बाढी तथा डुवानको उच्च जोखिम देखिएको छ ।

पहिरोको उच्च जोखिममा जिल्लाका दशवटै स्थानीय तहका अधिकांश वडाहरू रहेको सर्वेक्षणले देखाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ११ खार्मी र वडा नं. १५ विजयखर्क, ऐसेलुखर्क गाउँपालिकाको वडा नं. ५ जलेश्वरी, केपिलासगढी गाउँपालिकाको वडा नं. ५ सप्तेश्वरको दामथला, जन्तेढुङ्गा गाउँपालिकाको सबै वडा, बाराहपोखरी गाउँपालिकाको वडा नं. २ सुन्तले, वडा नं. ३ साउनेचउर र ४ फाक्टाङ, खोटेहाङ गाउँपालिकाको वडा नं. ६ इन्द्रेणीपोखरी र वडा नं. ७ खोटाङबजार बाहेक सबै वडा पहिरोको उच्च जोखिममा छ ।

यसै गरी रावाबेसी गाउँपालिकाको वडा नं. १ कुभिण्डे र वडा नं. ३ लामीडााडा, वडा नं. ६ हाौचुर, दिप्रुङ चुइचुम्मा गाउँपालिका को वडा नं. १ याम्खा, वडा नं. ५ सप्तेश्वर छितापोखरी र वडा नं. ६ छितापोखरी जोखिममा परेको छ । साकेला गाउँपालिकाको वडा नं. १ बााझेच्यानडााडा, वडा नं. २ रतन्छा, वडा नं. ३ खिदिमा, वडा नं. ४ मात्तिमको आहाले र वडा नं. ५ कात्तिके पहिरोको उच्च जोखिममा परेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. १ बाहुनीडााडास्थित ट्यामटुकु, फर्चेपु, खर्क र ठुल्ढुङ्गा, वडा नं. ७ महादेवस्थानको महादेवबोसी र गैरीगुठ, वडा नं. वडा नं. ८ धितुङको दीपखर्क, दियाले, गैरी, रातेखोला, गराबु, वडा नं. ९ सल्लेको चिचिङ्गा र लुगु तथा वडा नं. १० अर्खौलेको डुक्सेली र नवलपुर पहिरोको उच्च जोखिममा छन् ।

बाढी तथा पहिरोको उच्च जोखिममा रहेका जिल्लावासीलाई विपद् आइपरेको खण्डमा तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्नका लागि सम्भावित ठाउाहरुको समेत पहिचान गरिएको डिएसपी खड्काले सुनाए ।

विपद् आइपरे उनीहरुलाई उद्धार गरेर जिल्लामा सञ्चालित विद्यालय तथा सार्वजनिक भवनहरूमा राख्न सकिने विकल्प अपनाइने खड्काले सुनाए । उनका अनुसार विभिन्न विद्यालय तथा सार्वजनिक भवनहरूमा छ हजार आठ सय ५५ जनालाई राख्न सकिने छ । प्रहरीले जिल्लामा हुनसक्ने विपद्जन्य जोखिमलाई न्यूनीकरण गर्न २४ घण्टे आपतकालीन सेवासमेत सुरु गरेको जनाएको छ ।

प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै तत्काल उद्धार तथा राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति समेत तयारी अवस्थामा रहेको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । ‘जिल्लामा हुन सक्ने विपद् व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय र रेडक्रसलाई तयारी अवस्थामा रहन भनिएको छ,’ कार्कीले भने ।

उद्धार तथा राहत वितरणका लागि जिल्लास्थित सबै स्थानीय तहलाई समेत आ–आफ्नो क्षेत्रमा तयारी अवस्थामा रहन पत्राचार समेत गरिएको कार्कीले सुनाए । विपद् आइपरेको खण्डमा जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लास्थित स्थानीय तहहरुसागै सहकार्य गरेर उद्धार तथा राहत वितरणको काम गर्नेसमेत कार्कीले जनाए ।

प्रकाशित : असार २०, २०८१ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×