कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

फिदिममा सामूहिक कुटपिटमा घाइते भएका युवकको मृत्यु

लक्ष्मी गौतम

पाँचथर — फिदिम नगरपालिका–१४ मा सामूहिक कुटपिटमा घाइते भएका ३७ वर्षीय दिनेश राइको ज्यान गएको छ ।गए राति स्थानीय धनकुमार राईको घरमा चिन्ता राख्ने कार्यक्रम हेर्न आएका दिनेशसहित ४ जनालाई २० जनाको समूहले कुटपिट गरेको थियो । 

कुटपिटका कारण सख्त घाइते भएका राइलाई तत्काल उपचारार्थ पााचथर अस्पताल ल्याइएको थियो । उनलाई आज बिहान साढे चारबजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बिनालाल साह (तेली)ले वताए ।

बिहीबार सााझ साढे नौ बजे धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका बखत दिनेशसहित २८ वर्षीर्य पर्शुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर वि.क.लाई त्यहाा आएका २० जनाको समूहले कुटपिट गरेको थियो ।

साहका अनुसार घाइते भएकामध्ये ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको छ भने पर्शुराम,र पुष्करलाई सामान्य उपचारपश्चात डिस्चार्ज भएका छन् । कुटपिटमा संलग्न युवाहरू फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : असार २१, २०८१ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×