कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

ब्युटी पार्लरमा लागूऔषध बिक्री वितरण गर्ने महिला पक्राउ

भक्तपुर — ब्युटी पार्लरबाट अवैध लागूऔषधको बिक्री बितरण गरिरहेकी ४० वर्षीया महिला पक्राउ परेकी छन् । 

ब्युटी पार्लरमा लागूऔषध बिक्री वितरण गर्ने महिला पक्राउ

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित श्रीदिप ब्युटी पार्लरमा अबैध रुपमा लागूऔषध राखेर बेचबिखन गरिरहेको अवस्थामा चितवनको भरतपुर महानगरपालिका-७ की सृजना पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बिहीबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए । प्रहरीले उनको पसलबाट तपेन्टाडोल १८ पत्ता र एपेन्डोल ८ पत्ता बरामद गरेको छ ।

प्रकाशित : असार २०, २०८१ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×