कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

तारकेश्वरमा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

काठमाडौँ — परिवर्तन अभियान नेपालले काठमाडौंको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान गरेको छ । 

तारकेश्वरमा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

शुक्रबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विद्यार्थीहरूलाई प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरे । उक्त नगरपालिकाबाट ४ जीपीए ल्याएर ६ जना उत्तीर्ण भएका थिए । उनीहरुलाई प्रमाणपत्रसहित सम्मानित गरिएको अभियानका अध्यक्ष सुशील भट्टले जानकारी दिए ।

सो कार्यक्रममा नगरपालिकाका उपस्थित अन्य एसईई उत्तीर्ण विद्यार्थीहरुलाई पनि बधाईसहित प्रमाणपत्र प्रदान गरिएको थियो । २०८० को एसईईमा तारकेश्वरबाट सामुदायिक विद्यालयतर्फ ५२९ र निजीबाट ११७७ जना विद्यार्थी उत्तीर्ण भएका थिए । उनीहरु सबैलाई सम्बन्धित विद्यालयमार्फत परिवर्तन अभियान नेपालले प्रमाणपत्र हस्तान्तरण गर्ने भट्टले जानकारी दिए । यस्तै अभियानले विद्यालयहरुलाई पनि सोही अवसरमा सम्मान गरेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, वडा नम्बर ३ का अध्यक्ष पर्शुराम अर्याल, ५ का अध्यक्ष शम्भु फुयाँल, ७ का अध्यक्ष सानुकाजी खत्री, काठमाडौँ महानगर वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, यातायात महासंघका उपाध्यक्ष सानुकाजी प्रजापति, सामाजिक अगुवा सविन तामाङ, इन्द्रमान महर्जनसहित शिक्षक, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : असार २२, २०८१ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×