कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

पौडी प्रतियोगिताको तयारी पूरा

काठमाडौँ — नेपाल पौडी संघले असार २२ र २३ मा प्रथम नेपाल एक्वाटिक पौडी च्याम्पियनसिप गर्ने भएको छ । संघका सचिव गंगालाल गोलेका अनुसार ३ सय ५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्ने जानकारी गराएको छन् ।

‘वर्ल्ड एक्वाटिक्स डे’ को अवसरमा सातदोबाटोस्थित राखेपको हिटिङ पौडी पोखरीमा हुने प्रतियोगितामा विभिन्न उमेर समूह र खुला गरी ६५ विधामा खेलाइने छ ।

सबैभन्दा कम उमेर ८ वर्षमुनिको उमेर समूहमा ६ वर्षका खेलाडी पनि सहभागी रहने छ । संघले खेलाडीको सहजताको लागि डिजिटल रजिस्ट्रेसनको व्यवस्था गरिएको संघले जनाएको छ ।

संघको वैशाख ८ गते सम्पन्न अधिवेशनपश्चात निर्वाचित नयाँ कार्यसमितिले आयोजना गर्न लागेको यो पहिलो प्रतियोगिता हो । नेपालमा पौडी खेलाडीको आकर्षणको केन्द्र मात्र हैन, यसको विकास र विस्तारमा थप जिम्मेवार बनाउने संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएका छन् ।

प्रकाशित : असार २०, २०८१ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×