कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७७

जावलाखेललाई ह्विलचेयर बास्केटबल उपाधि

काठमाडौँ — जावलाखेल ह्विलचेयर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचेयर बास्केटबलको उपाधि जितेको छ । राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ग्यालेक्सी पब्लिक स्कुलमा बिहीबार भएको फाइनलमा जावलाखेलले ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्लूएसए) लाई ११–८ को स्कोरमा पराजित गरेको हो ।

जावलाखेललाई ह्विलचेयर बास्केटबल उपाधि

जावलाखेलले १५ हजार र उपविजेता डब्लुएसएले १० हजारमा रुपैयाँ पुरस्कार पाए । सेमिफाइनलमा जावलाखेलले विइनलाई १८–२ र डब्लूएसएले बीआईएलाई १२–६ को स्कोरमा हराएका थिए ।

प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । तेस्रो स्थानका लागि विइनलाई ४–० को स्कोरमा पराजित गर्दै बीआईएले ५ हजार रुपैयँ जित्यो । सर्वाधिक स्कोरर डब्लूएसएकी ज्योति अर्याल भइन् । उनले फाइनलमा ६ स्कोर गरिन् । मोस्ट भ्यालुएबल प्लेयर जावलाखेलकी बबिता थापा चुनिइन् । उनीहरूले समान एक हजार र ट्रफी हात पारे ।

प्रकाशित : असार २०, २०८१ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×