कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

सद्भावले अमेरिकामा प्रशिक्षणसहित प्रतियोगिता खेल्ने

काठमाडौँ — नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य विशेष प्रशिक्षण र दुई प्रतियोगितामा भाग लिन बिहीबार अमेरिका गएका छन् ।

सद्भावले अमेरिकामा प्रशिक्षणसहित प्रतियोगिता खेल्ने

सदभावले १२४ औं संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको क्वालिफाइङ प्रतियोगितामा भाग लिने छन् । १८ वर्षे उनले युनाइटेड स्टेट गल्फ संघबाट दोस्रो तथा फाइनल राउन्डको छनोट प्रतियोगितालाई विशेष निमन्त्रणा पाएका हुन् । उनले यो छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्नेछन् ।

सदभाव युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम छनोट प्रतियोगिता खेल्ने पहिलो नेपाली गल्फर समेत बन्नेछन् । १२४ औं युएस एमेच्योर च्याम्पियनसिप अगस्ट १२ देखि १८ तारिखसम्म मिनेसोटाको हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ ।

उनले जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा सहभागिता जनाउने छन् । अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई अगस्ट २९ देखि सेप्टेम्बर १ सम्म फ्लोरिडास्थित टीपीएस सग्रसको टिी प्लेयर्स स्टेडियम कोर्समा हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न‌ निमन्त्रणा पठाएपछि उनी सहभागी हुन लागेका हुन् ।

सन् २०२४ को जुनियर प्रेसिडेन्ट्स कप इन्टरनेसनल टिमको दाबेदारमध्ये एक खेलाडी भएकाले अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई निमन्त्रणा नेपाल गल्फ संघले जनाएको छ ।

दुई प्रतियोगितामा भाग लिएपछि अमेरिकामा सद्भावले विशेष प्रशिक्षण गर्ने छन् । उनले विभिन्न गल्फ क्लबमा प्रोफेसनल गल्फर स्टेफन पर्यासँग तीन महिना प्रशिक्षण लिने छन् ।

दुई पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सदभावले गत वर्ष सुवास तामाङसँग मिलेर बंगलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

सद्भावलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै बिदाइ गरे । सदस्य–सचिव घिसिङले नेपाली खेलाडीले यो स्तरको प्रतियोगिता र प्रशिक्षणमा सहभागी हुनु गल्फका लागि मात्र नभई सिंगो देशको गर्वको विषय भएको बताए ।

प्रकाशित : असार २०, २०८१ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×