लुम्बिनीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता, पाँच मन्त्रीले दिए राजीनामा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
बुटवल — नेकपा (एमाले)ले लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![लुम्बिनीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता, पाँच मन्त्रीले दिए राजीनामा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/lumbini-0532024044121-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
एमालेका संसदीय दलका नेता लीला गिरीले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी प्रदेशसभामा दिइएको बताए । बिहीबार नै एमालेबाट सरकारमा गएका ५ मन्त्रीले राजीनामा बुझाएका छन् । संसदीय दलका नेता गिरीका अनुसार मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई बुझाइएको र मन्त्रीको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराको सरकारी निवासमै पुगेर बुझाइएको हो ।
राजीनामा बुझ्दै मुख्यमन्त्री महराले असार २४ गतेसम्म पर्खिएर दिएको भए आफूले पनि सहज रुपमै राजीनामा दिने तयारीमा रहेको जानकारी गराएका थिए । असार मसान्त आउनै लागेको र आर्थिक मामिलामन्त्रीले राजीनामा दिएपछि कतिपय योजनाको भुक्तानीमा समस्या पर्न सक्ने मुख्यमन्त्री महराको गुनासो थियो ।
एमाले संसदीय दलका उपनेता एवं आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले पनि आफ्नो नेतृत्वमा एमालेका सबै मन्त्रीले राजीनामा बुझाएको बताए । ‘हामीले राजीनामा दियौं र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पनि गरायौं,’ उनले भने, ‘मुख्यमन्त्रीले केही दिन राजीनामा दिन हतार नगरेको भए राम्रो हुने बताउनुभयो ।’
लुम्बिनी प्रदेशमा गत चैत २३ गते एमालेसहितका ५ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ४८ जनाको समर्थनमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री बनेका थिए । लुम्बिनीमा एमालेबाट आर्थिक मामिलामा आचार्यसहित आन्तरिक मामिला तथा कानुनमन्त्रीमा दिनेश पन्थी, सहरी विकास तथा खानेपानीमन्त्रीमा भूमिश्वर ढकाल, सामाजिक विकासमन्त्रीमा रत्न खत्री र वन तथा वातावरण मन्त्रीमा अर्जुनकुमार केसी रहेका थिए ।
गत चैत २३ गते माओवादी केन्द्रका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका २९, माओवादीका १०, जसपाका ३, नागरिक उन्मुक्तिका ४, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४८ जनाको समर्थन थियो । जसपा टुक्रिएपछि जसपा नेपालतर्फ लागेकी अम्बिका काफ्लेले असार ९ गते नै समर्थन फिर्ता लिएकी छन् । एमालेका २९ जनाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराको समर्थनमा माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका २, एकिकृत समाजवाद र स्वतन्त्र १/१ गरी १८ जनाको मात्र रहनेछ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)