कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

उद्योग संगठन मोरङले गर्‍यो ‘क्यूसेफ’ गुणस्तर प्रणालीको प्रारम्भ

विराटनगर — उद्योग संगठन मोरङले राष्ट्रिय तथा अन्तराष्ट्रिय गुणस्तर प्रमाणीकरण मापदण्डलाई आधार मानेर सुनसरी मोरङ ओद्योगिक क्षेत्रका उद्योग व्यवसायका लागि ‘क्यूसेफ’ गुणस्तर प्रणाली प्रारम्भ गरेको छ । ‘क्यूसेफ’ गुणस्तर प्रणालीको कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले अनावरण गर्दै यसको प्रारम्भ गरेका हुन्। 

उद्योग संगठन मोरङले गर्‍यो ‘क्यूसेफ’ गुणस्तर प्रणालीको प्रारम्भ

क्युसेफलाई स्वतन्त्र मानक प्रमाणीकरणको रुपमा स्थापित गर्न तथा प्राविधिकरुपमा यसलाई कार्यान्वयनमा ल्याउन संगठनले राष्ट्रिय प्रमाणीकरण तथा व्यवस्थापन प्रालिसँग सहकार्य गरेको छ । त्यसका लागि संगठनका अध्यक्ष राकेश सुराना र नेशनल सर्टिफिकेशन एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष जर्नादन घिमिरेले प्रणाली कार्यान्वयनमा ल्याउन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

गुणस्तर मापदण्डका असल अभ्यासहरुलाई प्रवर्द्धन गर्न स्थानीय उद्योग व्यवसायको स्थानीय परिवेशमा असल उत्पादनको बेञ्चमार्क तयार गर्ने र त्यसको पालनाका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संगठनले क्युसेफ गुणस्तर मापदण्ड प्रणालीको सुरुवात गरेको सुरानाको भनाइ छ । उनले क्यूसेफ एक स्वेच्छिक र स्वतन्त्र गुणस्तर प्रमाणीकरण प्रणालीको मानक भएको स्पष्ट पारे ।

संगठनको असल उत्पादनका अभ्यास प्रवर्द्धन समितिका संयोजक वीरेन्द्र राठीले यो प्रणालीले स्थानीय उद्योगले अपनाएको कार्यप्रणाली, सामाजिक, वातावरणीय, कामदारको कल्याण, स्वास्थ्य, सुरक्षा सम्वन्धी स्थापित मान्यताहरुका आधारमा स्वतन्त्र एवं प्रमाणित अडिटरहरुले अडिट गरेपश्चात प्रमाणीकरण गरी प्रमाण पत्र प्रदान गर्ने बताए ।

नेशनल सर्टिफिकेशन एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष जर्नादन घिमिरेले क्यूसेफ मापदण्ड आई.एस.ओ ९००१, १४००१, ४५००१, २२००० र हृयास्याप. लगायतका ४ वटा छुट्टाछुट्टै गुणस्तर मानक मापदण्ड प्रणालीको आधार तयार गर्ने एउटा समग्र गुणस्तरको प्याकेज भएको बताउँदै क्यूसेफ प्रमाणीकरण भएका जुनसुकै उद्योग प्रतिष्ठानले उक्त ४ वटा अन्तर्राष्ट्रिय मापदण्डका लागि तत्काल आवेदन दिई प्राप्त गर्न सक्ने जनाएका छन् ।

क्युसेफ मापदण्ड प्रणाली साना, मझौला, ठूला सबै प्रकारका उद्योग प्रतिष्ठानहरुले प्रयोग गर्न सक्ने र यस प्रणालीले उत्पादन प्रकृया, वस्तुको गुणस्तरमा सुधार, कार्यस्थल व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, वातावरण तथा सामाजिक प्रतिष्ठानमा अभिवृद्धि गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले निर्धारण गरेका मापदण्ड, अनुपालना लगायतका विषयमा जानकारी प्रदान गरी सोही अनुरुपको मापदण्ड तयार गरी अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने उद्योगहरुलाई विश्वव्यापी भ्यालुचेनमा प्रतिष्पर्धी बनाउन मद्दत पुर्‍याउने संगठनले जनाएको छ ।

सरकारले निर्धारण गरेका अनुपालनाहरु, उद्योग व्यवसायको प्रकृति अनुसारका कानुनी प्रावधानहरुबारे सुसूचित गरी जरिवाना, जोखिमहरुबाट बचाउनुका साथै राज्यले निर्धारण गरेका कानुनहरुको परिपालन गरी बजारमा प्रतिष्पर्धी, उपभोक्ताको विश्वास जित्नसक्ने, समाजिक प्रतिष्ठा अभिवृद्धिका साथै ब्यवसाय संचालनमा सहजता ल्याउने जनाइएको छ ।

प्रकाशित : असार २०, २०८१ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×