मोरङको धनपालथान गाउँपालिका–१ का युनिस हुसेनले छोरा मञ्जरलाई विदेश पठाउन सात वर्षपहिला विराटनगर–९ घोघापुल चोकका मन्टु भनिने सञ्जयप्रसाद रौनियारसँग ५ लाख रुपैयाँ ऋण लिए । त्यसका लागि उनले आफ्नो डेढ बिघा जमिन धितो राखेर कपाली तमसुक गरेका थिए ।
विराटनगर–१४ जतुवाका राजेशदास सतनाको घरमा शनिबार राति अचानक आगो लाग्दा उनका १२ वर्षीय छोरा रविनको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । आगलागीमा राजेश, उनकी पत्नी इन्दुदेवी, छोरी नन्दनी र कान्छो छोरा नविन घाइते भएका छन् ।
गाउँमा सुरक्षा माग गर्नु र मागेजति चन्दा दिन नसक्नुकै कारण मोरङको मिक्लाजुङस्थित विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएको अधिकारकर्मीहरूले निष्कर्ष निकालेका छन् । स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा श्रेष्ठको हत्या प्रतिकारमा नभई निर्मम यातनापछि घाँटी रेटेर नियोजित रूपमा गरिएको उल्लेख छ ।
विराटनगरबाट ८६ किलोमिटर उत्तर–पूर्वको नुनसरी बक्राहा घाटमा बिहीबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिँदा गाउँले भावविह्वल देखिन्थे । बस्तीभन्दा ७ घण्टा पैदल तल आएर अन्त्येष्टिमा सहभागी भएकाहरूले श्रेष्ठलाई दागबत्ती दिनुअघि घाँटी रेटिएको, टाउकामा चोट र जीउमा नीलडाम भएको शव हेर्नसमेत सकिरहेका थिएनन् । गाउँका अगुवाको असामयिक अवसानको जति चिन्ता थियो, अब गाउँमा बस्न गाह्रो हुने हो कि भन्ने भय पनि त्यति नै देखिन्थ्यो ।
उत्तरी मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार हत्या भएपछि बस्ती नै शोकमा छ । विकट पहाडी क्षेत्रमा पर्ने बर्खेमा सात घरपरिवार छन् । गाउँले त्रसित अवस्थामा छन् ।
मोरङको बैजनाथपुर क्रिकेट रंगशालामा यसपालि खेलाडीका लागि अन्तर्राष्ट्रियस्तरको पेभेलियन निर्माण गरिने भएको छ । प्रदेश १ सरकारले दुई करोड रुपैयाँ उपलब्ध गराएपछि पेभेलियन निर्माणको तयारी गरिएको हो । पेभेलियन चालु आर्थिक वर्षभित्रमा निर्माण हुने वताइएको छ ।