कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

विम्बल्डन २०२४ : शल्यक्रियापछि डोकोभिचको पहिलो जित

काठमाडौँ — शल्यक्रियापछि पहिलो खेल खेलिरहेको नोभाक जोकोभिचले भिट कोप्रिभालाई सजिलै ६–१, ६–२ र ६–२ ले पराजित गर्दै विम्बल्डन २०२४ को दोस्रो चरणमा प्रवेश गरेको छ । सर्बियाका ३७ वर्षीय जोकोभिचले जुन ५ मा खुट्टाको शल्यक्रिया गराएका थिए ।

विम्बल्डन २०२४ : शल्यक्रियापछि डोकोभिचको पहिलो जित

महिलातर्फ भने प्रतियोतिगाको दोस्रो दिनमै ठूलो अप्रत्याशित नतिजा आएको थियो । डिफेन्डिङ च्याम्पियन मारकेटा भोन्ड्रोसोभा पहिलो चरणमै पराजित भइन् । उनलाई स्पेनकी जेसिका मानेरिओले ६–४ र ६–२ ले पराजित गरिन् ।

सन् १९८४ यता डिफेन्डिङ च्याम्पियन पहिलो चरणमै पराजित भएको यो पहिलो पटक हो । त्यतिबेला स्टेफी ग्राफले लोरी म्याकनेलविरुद्धको खेल गुमाएकी थिइन् ।

प्रकाशित : असार १९, २०८१ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×