कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् ।

वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल

शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताए । उनले पार्टीहरू बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए । सबै राजनीतिक दलहरूले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने बताए । उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

उनले भने, ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ । हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ । सबै राजनीतिक दलहरूले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ । हामी लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्छौं ।’

अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्रै अघि बढ्न आवश्यक रहेको बताए ।

प्रकाशित : असार २१, २०८१ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×