कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

भारतीय प्रधानमन्त्री मोदी आज रुस भ्रमणमा जाँदै

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज रुसको दुईदिने भ्रमणमा जाँदैछन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलो पटक भारतीय प्रधानमन्त्री मोदी मस्को जान लागेका हुन् । साथै तेस्रो पटक भारतको प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो विदेश भ्रमणसमेत हो । 

भारतीय प्रधानमन्त्री मोदी आज रुस भ्रमणमा जाँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मोदी मस्को जान लागेका हुन् । पश्चिमा राष्ट्रहरूले रुसलाई घेर्ने नीति लिइरहेका बेला मोदीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । मोदी मस्कोमा हुने २२औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा समेत सहभागी हुनेछन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार मोदीको भ्रमणका समयमा दुई देशबीचको बहुआयामिक सम्बन्धको समीक्षा हुनेछ । साथै आपसी हित, समकालीन क्षेत्रीय तथा वैश्विक मुद्दामाथि पनि दुई नेताले विचार-विमर्श गर्ने भारतीय विदेश मन्त्रालयको भनाइ छ ।

प्रकाशित : असार २४, २०८१ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×