‘कलेज टु वाच’ : ट्रिटन कलेजमा ‘भीम्याग’

असार २४, २०८१

कान्तिपुर संवाददाता

'College to Watch': 'VMag' at Triton College

काठमाडौँ — विभिन्न कलेजले प्रदान गर्दै आएको शिक्षा, शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापबारे जानकारी दिने क्रममा ‘भीम्याग’ टोली ट्रिटन कलेज पुगेको छ । काठमाडौंको तीनकुनेमा अवस्थित कलेज पुगेको टोलीले कलेजका प्राचार्य तथा सहप्राध्यापक मदन शाक्य र विभिन्न विद्यार्थीहरूसँग कुराकानी गरेको छ । 

‘कलेज टु वाच’ अन्तर्गत ‘भीम्याग’सँग शाक्यले कलेजका शिक्षकहरूको प्रशंसा गरे । ‘शिक्षकहरूकै कारण हाम्रो कलेजका विद्यार्थीहरूले निकै राम्रो नतिजा ल्याउन सफल भएका छन्,’ शाक्यले भने, ‘जसका कारण विद्यार्थीहरूले मेडिकल साइन्स, इन्जिनियरिङ लगायतका परीक्षामा निकै राम्रो नतिजा ल्याउन सफल भएका छन् ।’ हाल विज्ञान, व्यवस्थापन र कानुन विषयमा अध्ययन/अध्यापन गराउँदै आएको कलेजको उत्तीर्ण प्रतिशत ९८ भन्दा बढी रहेको शाक्यको दाबी छ । 

त्यसका साथै, कलेजले औपचारिक पाठ्यक्रमका अलावा विभिन्न प्रवेश परीक्षाका तयारी कक्षासमेत सञ्चालन गर्ने गरेको शाक्यले बताए । त्यसबाहेक पनि कलेजले नियमित रूपमा खेलकुद, कला, गायन तथा नृत्य, निबन्ध लेखनलगायत विभिन्न अतिरिक्ति क्रियाकलापहरू सञ्चालन गर्दै आएको विद्यार्थीहरूको भनाइ छ ।

कान्तिपुर

Link copied successfully