कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

कोपा अमेरिका : इक्वडेरलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

लियोनल मेसी भने पेनाल्टीमा गोल गर्न चुके

काठमाडौँ — विश्व च्याम्पियन अर्जेन्टिना शुक्रबार कोपा अमेरिका २०२४ को सेमिफाइनल पुगेको छ । उसले प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा इक्वेडरलाई टाइब्रेकरमा ४–२ ले हरायो ।

कोपा अमेरिका : इक्वडेरलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको हो । त्यसमा अर्जेन्टिनाका लागि निकोलस ओटमेन्डीले निर्णायक गोल गरे ।

लियोनल मेसी भने पेनाल्टीमा गोल गर्न चुके । प्रतियोगितामा अर्जेन्टिनाको यो लगातार चौथो जित पनि हो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका लागि लउटारो मार्टिनेजले ३५औं मिनेटमा गोलको खाता खोले । उच्च लयमा रहेका मार्टिनेजको यो प्रतियोगितामा चौथो व्यक्तिगत गोल हो । एलेक्स म्याक एलिस्टरको पासमा उनले हेडबाट यो गोल गरे ।

दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा केभिन रोड्रिग्वेले बराबरी गोल फर्काए । यस प्रतियोगितामा अर्जेन्टिनाले खाएको यो पहिलो गोल हो । यसअघि इक्वेडरले खेलको ६२ औं मिनेटमा पेनाल्टीको अवर पाएको थियो । रोडरिगो डेल पउलले बल ह्यान्ड गरेपछि यो मौका मिलेको हो । तर इनर भ्यालेन्सिया त्यसलाई गोलमा परिणत गर्न चुके र त्यो प्रहार पोस्टमा लागेर फर्केको थियो ।

शनिबार भेनेजुएला र क्यानाडाबीच दोस्रो क्वाटरफाइनल हुनेछ । यसको विजेतासँग नै अर्जेन्टिनाले अन्तिम चारमा भिड्ने हो ।

प्रकाशित : असार २१, २०८१ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×