कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

विनाशकारी तुफानको अध्ययन गर्न समुद्रमा ड्रोन तैनाथ

एजेन्सी

काठमाडौँ — ओटिस तुफान सन् २०२३ अक्टोबर २५ मा दक्षिण मेक्सिकोको समुद्री तटमा देखापरेको थियो, जसले प्रतिघण्टा १६५ माइलको गतिमा केही सहरमा क्षति पुर्‍यायो । यो समुद्री तुफानका कारण कम्तीमा २७ जनाको मृत्यु भयो भने मेक्सिकोको पर्यटकीय तथा बन्दरगाह सहर आकापुल्कोमा पनि ठूलो क्षति पुग्यो । 

विनाशकारी तुफानको अध्ययन गर्न समुद्रमा ड्रोन तैनाथ

यूएस नेसनल ओसियानिक एन्ड एट्मोसफेरिक एडमिनिस्ट्रेसन (एनओएए) का अनुसार ओटिस खतरनाक लहर र हुरीको सम्मिश्रण भएको तुफान थियो । यसले अचानक बाढी र भूस्खलनको जोखिम रहेको पनि एनओएएले चेतावनी दिएको थियो । नेसनल हरिकेन सेन्टरका अनुसार मेक्सिकोको उक्त क्षेत्रमा यस किसिमको तीव्र तुफानको यसअघि रेकर्ड थिएन ।

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा समुद्री तुफानको श्रेणी बढ्दै गएर चारदेखि पाँच तहसम्म (जुन अत्यन्त विनाशकारी हुन्छ) पुग्न थालेको छ । बेलायतको युनिभर्सिटी अफ रिडिङका अनुसन्धानकर्ताले सन् २०२२ मा गरेको अध्ययनअनुसार समुद्रमा बढ्दै गएको तापमानका कारण तुफान एक दिनमा नै शक्तिशाली र विनाशकारीमा परिवर्तन हुँदै गएका छन् ।

यसबारे अध्ययनका लागि ड्रोन निर्माण गर्न एनओएएले हालै समुद्री ड्रोन बनाउने अमेरिकी डेटा कम्पनी सेलड्रोनसँग एउटा सम्झौता गरेको छ । सम्झौताअनुसार त्यस्तो ड्रोनले विनाशकारी तुफानमा विकसित भइरहेको तीव्रता, लहरको जानकारी लिएर त्यसलाई सामना गर्न उपकरण बनाउन सकियोस् ।

सेल–ड्रोनले समुद्री वातावरणको डेटा संकलन गर्दै आएको छ, ती डेटालाई वैज्ञानिकहरूले विश्लेषण गर्दै आएका छन् । सेलड्रोनकी निर्देशक जुलिया पाक्सटोनका अनुसार सेल–ड्रोन हावाको माध्यमले सञ्चालन हुन्छ । जुन ड्रोनहरू ७, १० र २० मिटरसम्म लामो हुन्छन् ।

यसले संकलन गर्ने विवरणले वैज्ञानिकहरूलाई समुद्री तुफानको ट्र्याक गर्न, बाटो पत्ता लगाउन र यसमा हुने परिवर्तन हुनेबारे जानकारी पाउन सहज हुन्छ । समुद्रको सतहदेखि केही तलसम्मको भागको हावाको चाप पनि सेल–ड्रोनले रेकर्ड राख्ने गरेको छ ।

सन् २०२१ यता समुद्री विवरणका लागि सेलड्रोन प्रयोग थालिएको हो । सन् २०२३ मा पश्चिम एट्लान्टिक, क्यारेबियन र मेक्सिकोको खाडीमा १२ सेल–ड्रोन तैनाथ गरिएको छ । विनाशकारी बन्दै गएको समुद्री तुफानबारेको विवरण राख्न र निगरानी गर्न पद्धति उपयुक्त भएको वैज्ञानिकहरूको विश्लेषण छ ।

प्रकाशित : असार २१, २०८१ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×