कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बेलायती आम चुनाव : लेबर पार्टीलाई बहुमत, किअर स्टार्मर प्रधानमन्त्री बन्दै

प्रधानमन्त्री ऋषि सुनकको दलले बेहोर्‍यो नराम्रो पराजय, १४ वर्षपछि बेलायती सत्तामा फर्कियो लेबर पार्टी

काठमाडौँ — बेलायतमा झन्डै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्कने भएको छ । बिहीबार भएको आम चुनावको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म घोषित परिणामअनुसार लेबर पार्टीले बहुमत ल्याइसकेको छ ।

बेलायती आम चुनाव : लेबर पार्टीलाई बहुमत, किअर स्टार्मर प्रधानमन्त्री बन्दै

बिहीबार भएको निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित हुनेछन् । सरकार बनाउनका लागि ३२६ सिट आवश्यक पर्छ । अहिलेसम्म लेबर पार्टीले ३५८ सिट जितिसकेको छ । त्यस्तै प्रधानमन्त्री ऋषि सुनकको दल कन्जरभेटिभ पार्टी भने ७६ सिटमा मात्र विजयी भएको छ । त्यस्तै लिबरल डेमोक्रेटिक पार्टी ४८ सिटमा विजयी भएको छ ।

बीबीसीले लेबर पार्टीले ४०५ सिट जित्ने प्रक्षेपण गरेको छ । त्यस्तै कन्जरभेटिभ पार्टीले १५४ र लिबरल डेमोक्रेटिक पार्टीलाई ५६ सिट प्राप्त हुने अनुमान गरिएको छ । मत सर्वेक्षणहरूले २०१० देखि सत्ता सम्हालिरहेको कन्जरभेटिभ दलले नराम्रो पराजय भोग्ने देखाएका थिए । मतदाताहरूले १४ वर्षमा पहिलो पटक लेबर पार्टीलाई सत्तामा फर्काउने अपेक्षा गरिएको थियो।

सोही अपेक्षाअनुसारको चुनावी परिणाम देखिएको छ । सन् २०२२ अक्टोबरदेखि प्रधानमन्त्री रहेका कन्जरभेटिभ नेता ऋषि सुनकले आफ्नो पार्टीलाई चुनावमा अगुवाइ गरे पनि नराम्रो पराजय भोग्नुपरेको छ । प्रधानमन्त्री सुनक भने रिचमन्ड र नर्थालर्टन सिटबाट विजयी भएका छन् ।

लेबर सरकारको पहिलो प्राथमिकता आर्थिक रूपमा देश र जनतालाई सबल र सक्षम बनाउनु अनि आर्थिक स्थिरता प्रदान गर्नु छ । त्यस्तै, नेसनल हेल्थ सर्भिस (एनएचएस) मा बढ्दै गरेको बिरामीको चाप घटाउन पालो कुर्ने समय (वेटिङ टाइम) घटाउनु, बोर्डर सुरक्षा कमान्ड वा दस्ता बनाउनु प्रमुख प्राथमिकता हुन् ।

प्रकाशित : असार २१, २०८१ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×