कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

फ्रान्स-पोर्चुगल, दुवैको आक्रमण चम्किनुपर्ने

रोयटर्स

ह्याम्बर्ग — जतिबेला युरो २०२४ को क्वाटरफाइनलमा शुक्रबार फ्रान्स र पोर्चुगल एक आपसमा भिड्नेछन्, त्यसमा दुवै टिमको आक्रमण अझ चम्किनुपर्नेछ । किनभने यी दुई जत्तिको टिम भिड्दा आक्रमणमा अलिकति चनाखोले धेरै अर्थ राख्ने हुन्छ । 

फ्रान्स-पोर्चुगल, दुवैको आक्रमण चम्किनुपर्ने

यो युरोमा दुई टिमबीचको तेस्रो भिडन्त हुनेछ । त्यसअगाडि उनीहरूमध्ये एकको अगाडि हुनेछ स्पेन वा जर्मनी । सेमिफाइनल अर्को साता छ । दुवैलाई राम्रोसँग थाहा छ, आफूहरूको आक्रमण गतिलो हुन सकेको छैन ।

फ्रान्सले पछिल्ला ५ खेलमा ओपन प्लेसबाट गोल गर्न सकेको छैन । त्यसमध्ये चार खेल त यही युरोकै छ । पोर्चुगलले पनि यसपल्टको युरोका पछिल्ला दुई खेलमा कुनै गोल गर्न सकेको छैन । पोर्चुगललाई अन्तिम आठको यात्रा तय गर्न पेनाल्टी शुटआउट आवश्यक परेको थियो । दुवै टिममा स्तरको भने कुनै कमी छैन । यो पनि सबैलाई थाहा छ । जहाँ फ्रान्सको आक्रमण कप्तान केलियन एमबाप्पेले नेतृत्व गर्नेछन् । त्यहीं क्रिस्टियानो रोनाल्डो चाहन्छन्, आफ्नो नेतृत्वमा कीर्तिमान बनोस् ।

तर, दुवैलाई समस्या छ । एमबाप्पेलाई नाकमा लागेको चोटले दुःख दिइरहेको छ भने रोनाल्डो ३९ वर्षका भइसके । अब उनी पहिलोको जस्तो खेलाडी रहेनन् । स्लोभानियाविरुद्धको पछिल्लो खेलमा रोनाल्डो अतिरिक्त समयमा पेनाल्टीबाट गोल गर्न पनि चुकेका थिए । यही असफलताले गर्दा उनले आफूलाई भावनात्मक रूपमा रोक्न सकेका थिएनन् । कम्तीमा टाइब्रेकरमा भने उनी सफल रहे । यसका लागि पहिलो पेनाल्टी लिएर उनले आफ्नो बहादुरी देखाए ।

पोर्चुगलको यहाँसम्मको यात्राका लागि गोलरक्षक डिएगो कोस्टालाई धन्यवाद भने दिर्नैपर्ने हुन्छ । उनले स्लोभानियाका तीनै पेनाल्टी प्रहार गोल हुन दिएका थिएनन् । यही युरोमा पनि रोनाल्डो विपक्षी पोस्टमा सबैभन्दा बढी आक्रमण गर्ने खेलाडी हुन् । तर उनले ठूला प्रतियोगिताका पछिल्ला ८ खेलमा कुनै गोल गर्न सकेका छैनन् । समूह चरणमा पोर्चुगलले समूह ‘एफ’ जितेको थियो । जर्जियाविरुद्धका हारमा आफ्ना प्रमुख खेलाडीलाई आराम दिएको थियो ।

यस युरोमा एमबाप्पेले भने एक गोल गरेका छन् । यो पेनाल्टीबाट भएको गोल थियो । त्यसअगाडि उनी अस्ट्रियाविरुद्धको खेलमा चोटग्रस्त भएका थिए । फ्रान्सले यसपल्ट गरेका दुई अन्य गोल भने विपक्षी टिमले दिएको उपहार नै रहेको छ, आत्मघाती गोलका रूपमा । यो सबै पृष्ठभूमिमा दुवै टिमबीचको यो खेल लामो समय चल्न सक्नेछ । सम्भवतः पेनाल्टी शुटआउटसम्म ।

प्रकाशित : असार २१, २०८१ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×