कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

प्रदेशमा संघीयता आएन : मुख्यमन्त्री महरा

देउखुरी (दाङ) — लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशका संघीयता आउन नसकेको बताए । केन्द्रीय सरकार परिवर्तन हुँदा यसको हलचल प्रदेशमा पनि पर्दा संघीयता संस्थागत गर्न राजनीतिक दलले नसकेको उनले बताए । 

प्रदेशमा संघीयता आएन : मुख्यमन्त्री महरा

बिहीबार राति एमालेका पाँच मन्त्रीको राजीनामा बुझ्दै मुख्यमन्त्री महराले भने, 'ठूलो पार्टीमा संघीयता लागू नहुँदा केन्द्रमा देखिने समस्याले प्रदेशमा असर पुर्‍यायो । संघीयतामा प्रदेशमा स्वविवेकी अधिकार र प्रदेश सरकार गठनको जिम्मेवारी प्रदेशलाई नै बनाउनुपर्छ ।'

हरेक प्रदेशले आफ्नो स्वविवेकीय अधिकार आफैं प्रयोग गरेर समृद्ध प्रदेश निर्माणका लागि राजनीतिक नेतृत्वले पाटीभित्र संघर्ष गर्नुपर्ने उनले बताए । उनले छोटो अवधिमा आर्थिक वर्षको बजेट ल्याउन सफल भएको बताए । 'चालु आर्थिक वर्षको अन्त्यसम्म काम गरेर दायित्व पूरा गर्ने र आगामी आर्थिक वर्षका लागि हामीले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि कार्यविधि बनाएर काम गर्न केन्द्रमा भएको राजनीति फेरबदलले सम्भव भएन,' उनले भने । उनले आफ्नो नेतृत्वको सरकारलाई सफल बनाउन अंग्रपक्तिमा खटिने एमालेका पाँच जना मन्त्रीलाई धन्यवाद दिए ।


प्रकाशित : असार २१, २०८१ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×