कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

युरो २०२४ : अन्तिम आठ चरणका विशेषता

 आत्मघाती गोलको जगजगी, ‘अन्डरडग’ टोलीहरू चम्किए
एएफपी

स्टुटगार्ट —  युरो च्याम्पियनसिप शुक्रबार क्वाटरफाइनल चरणमा प्रवेश गर्दै छ । निर्णायक साबित हुने अबको एक साताको पहिलो ठूलो खेल छ, आयोजक जर्मनीविरुद्ध स्पेन । लगत्तै फ्रान्सविरुद्ध पोर्चुगल । यसबीच अन्तिम आठका खेलको विशेषता कस्तो रह्यो त ? अब यसबारे विश्लेषण :

युरो २०२४ : अन्तिम आठ चरणका विशेषता

ठूला टिमको भिडन्त

जर्मनी र स्पेन यस प्रतियोगितामा राम्रो गरिरहेका केही टिममा पर्छन् । यिनै दुई टिमबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ । सम्भवतः उनीहरूको भेट अलिकति चाँडै भएको छ । यसको एउटा ठूलो कारण असन्तुलित खेल समीकरण नै हो ।

उपाधिका चार बलिया टिम एकै छेउमा रहे । यो खेल विजेताले अर्को ठूलो भिडन्तमा उम्कने टिमविरुद्ध गर्नेछ । त्यो भनेको फ्रान्स वा पोर्चुगल । अर्कोतर्फ इंग्ल्यान्डले स्विट्जरल्यान्डको सामना गर्नेछ भने नेदरल्यान्ड्सले भेट टर्कीविरुद्ध । यो छेउ भने अलिकति सजिलो देखिन्छ । अथवा भनौं, यसमा सबै ठूला टिम छैनन् ।

ठूला नामको असफलता

यस युरो खेल्न विश्व फुटबलका केही ठूला नाम जर्मनी आएका थिए । तर, स्पेन र जर्मनीलाई अपवाद मान्ने हो भने अन्य सबै आफ्नो अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल नै रहेका छन् । क्रिस्टियानो रोनाल्डोले सायद यो प्रतियोगिता नखेले हुन्थ्यो वा केलियन एमबाप्पेले आफ्नो नाम र प्रतिष्ठाअनुसार प्रदर्शन गर्न सकेनन् ।

एमबाप्पेले पछिल्लो विश्वकपमा गोल्डेन बुट अवार्ड जितेका थिए । यसपल्ट उनी त्यसको छेउछाउ छैनन् । इंग्ल्यान्डको आक्रमण जोडीमध्ये ह्यारी केन बुन्डेसलिगाको पछिल्लो सिजनमा सर्वाधिक गोलकर्ता थिए । जुड बेलिङ्घम भने स्पेनी ला लिगाकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । क्लबको जस्तै लय उनीहरूले आफ्नो देशका लागि समात्न सकेनन् ।

युवा र पाका खेलाडी

उमेरका आधारमा युरोमा नयाँ कीर्तिमान बनेको छ । त्यो पनि दुवैतर्फ । यो कसरी भन्दा स्पेनी विङ्गर लामिन यमल १६ वर्षका भए । उनी युरो खेल्ने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी हुन् । अबका खेलमा उनले गोल गर्न सके उनी युरोमा गोल गर्ने सबैभन्दा कान्छा उमेरका खेलाडी हुनेछन् । यसको ठीक विपरीत क्रोएसियाका लुका मोड्रिचले ३८ वर्षको उमेरमा गोल गरेर कीर्तिमान राखे । यसलाई उछिन्ने अवसर ३९ वर्षीय रोनाल्डोको भाग्यमा छ । पोर्चुगलका पेपे त ४१ वर्षका भए । उनी युरो खेल्ने सबैभन्दा पाका खेलाडी हुन् ।

आत्मघाती गोलको जगजगी

ठूला नामले गोल गर्न नसके पनि के भयो र । आत्मघाती गोल त भएकै छ । अहिलेसम्म अन्तिम १६ भित्र ९ आत्मघाती गोल भएको छ । तीन वर्षअगाडिको युरोमा ११ आत्मघाती गोल भएको थियो । के यसपल्ट आत्मघाती गोलले त्यागे प्रदर्शन उछिन्ने छ त ?

युरो २०२० अगाडि पूरा प्रतियोगिता इतिहासमा ११ आत्मघाती गोल मात्रै भएका थिए । युरोपेली फुटबल महासंघ (यूईएफए) कति आत्मघाती गोल बढी भयो भनेर खोजनीति गर्दै छ । तर सबै कुरा आत्मघाती गोलकै मात्र पनि होइन । रक्षापंक्तिले उत्तिकै गोलको अवसर असफल पनि तुल्याएको छ । अनि आहा भन्नलायक गोल नभएको पनि होइनन् ।

अन्डरडग’ चम्केको अवसर

फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र पोर्चुगल फिफा वरीयताको शीर्षस्थानमा रहेका टिम हुन् । उनीहरूमध्ये कसैले पनि राम्रो गर्न सकेको छैनन् । बरू उनीहरूको प्रदर्शनअगाकडि केही अन्डरडग टिमको प्रदर्शन प्रशंसनीय रहेको छ । प्रतियोगिताकै सबैभन्दा कम वरीयताको टिम भएता पनि जर्जिया अन्तिम १६ मा पुग्न सफल रह्यो । पोर्चुगलमाथि टोलीले प्राप्त गरेको जितलाई त लामो समय बिर्सिने छैन । युरो सुरु हुनुअगाडि रोमानियाले १६ खेलमध्ये एकैमा मात्र जित निकालेको थियो ।

तर, यही टिमले त्यो समूह जित्यो, जसमा बेल्जियम, युक्रेन र स्लोभाकिया थिए । अन्तिम १६ मा भने यो टिम नेरदरल्यान्ड्सँग पराजित भयो । त्यो पनि बलियो चुनौती पेस गरेर । टर्की यस प्रतियोगिताका वास्तविक डार्कहर्स साबित भएको छ । अस्ट्रियाविरुद्ध टोलीको अन्तिम १६ को खेलमा प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट प्रतिस्पर्धा देख्न पाइयो ।

प्रकाशित : असार २१, २०८१ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×