कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बैठकमा नबस्ने सांसद

पाठक पत्र

संसद् चलिरहँदा सांसदहरू उपस्थिति अनिवार्य हुनुपर्ने होइन र ? सचिवालयमा हाजिर गरी सांसदहरू निस्किहाल्ने परम्परामा कहिले सुधार हुने हो ?

संसद् चलिरहेको अवस्थामा सत्तापक्ष र प्रतिपक्ष अनिवार्य रूपमा उपस्थित भई देश र जनताको विकास एवं समृद्धिका विषयमा बहस–छलफल गर्नुपर्छ, कानुन बनाउनतिर लाग्नुपर्छ । तर संसद् बैठकमा कुर्सीहरू खाली देखिँदा जनतामा कस्तो प्रभाव पर्ला भनेर सांसदहरूले नै सोच्नुपर्ने हैन र ?

बलराम थापा, क्षेत्रपाटी, काठमाडौं


प्रकाशित : असार १६, २०८१ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×