कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

घरको अनुभव संगाल्दै अस्ट्रिया

रोयटर्स

लाइप्जिग — युरो च्याम्पियनसिपमा आफ्नो समूह अचम्मले जितेपछि अस्ट्रियाको जर्मन बसाइ अझ लम्बिएको छ । अब टोलीले अन्तिम १६ को खेलमा मंगलबार टर्कीको सामना गर्नेछ ।

घरको अनुभव संगाल्दै अस्ट्रिया

त्यसअघि कोनार्ड लाइमर र उनका अस्ट्रियन खेलाडी छिमेकी जर्मनीको भूमिमा रमाइरहेका छन् । अझ उनीहरूका लागि घरकै अनुभव भइरहेको छ । लाइमर पनि आरबी लाइप्जिगबाट ६ वर्ष खेलेयता बायर्न म्युनिख गएका थिए ।

उनको टिमले भने फ्रान्स र नेदरल्यान्ड्स जस्ता बलिया भनिएका टिमसम्मिलित समूह नै जितेको थियो । लाइमरले टर्कीविरुद्धको खेल अघि भनेका छन्, ‘फुटबलमा जहिले पनि केही राम्रो हुने अवसर हुन्छ । हामीले समूह जितेका छौं, त्यसले हामीलाई पक्कै पनि खुसीको अनुभव दिइरहेको छ । खासमा जर्मन भूमिमा मैले धेरै राम्रो र सुन्दर मोडको अनुभव गर्न पाएको छु ।’

अन्तिम १६ को खेलअघि अस्ट्रियन खेलाडीले पूरा एक साताको आराम पाएका छन् । मार्चमै मात्र अस्ट्रियाले टर्कीलाई ६–१ ले हराएको थियो । तर अस्ट्रिया कुनै प्रकारको कमजोरी नहोस् भन्ने चाहन्छ । आफ्नो तयारीमा सक्दो राम्रो गर्ने प्रयासमा छ । प्रशिक्षक लाइमर भन्छन्, ‘हामीले केही बढी समय आरामले तयारी गर्न पाएका छौं । विपक्षी टिमबारे बुझेर तयारी गर्न पाउँदा राम्रै हुन्छ ।’ हामीले त टर्कीविरुद्धको त्यस खेलबारे बिर्सने कामसमेत गरिसकेका छौं ।’

टर्कीले भने यस खेलअघि एउटा ठूलै आघात बेहोर्नुपरेको छ । त्यो हो, आफ्ना प्रमुख खेलाडी हाकन चालहालग्लु गुमाउनुपरेको छ । चेक गणतन्त्रसँगको खेलमा उनले दोस्रो पहेँलो कार्ड पाएका थिए । टर्कीले त्यसै खेलमा जित निकालेर नकआउट चरणको यात्रा तय गरेको थियो । केन्क टोसुनले खेलको अन्त्यतिर टर्कीका लागि निर्णायक गोल गरेका थिए । चालहालग्लुको अनुपस्थितिमा टर्कीको टिममा एकभन्दा बढी परिवर्तन हुने निश्चित देखिन्छ ।

अस्ट्रिया र टर्कीबीच अहिलेसम्म १७ खेल भएको छ । त्यसमध्ये ९ खेलमा अस्ट्रिया विजयी छ भने ७ खेलको नतिजा टर्कीको पक्षमा गएको छ । एक खेल भने बराबरीमा टुंगिएको छ । टर्कीको पनि भावनात्मक सम्बन्ध जर्मनीसँग रहेको हुनाले टोलीका पनि हजारौं समर्थकले छिमेकी देशको यात्रा गरेका छन् । धेरै संख्यामा समर्थकको उपस्थितिले पनि टर्की उत्साही देखिन्छ ।

प्रकाशित : असार १८, २०८१ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×