कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

विम्बल्डन २०२४ : कठिन जितसँगै सिनर तेस्रो चरणमा

काठमाडौँ — विश्व नम्बर १ खेलाडी यानिक सिनरले कठिन जित निकाल्दै बुधबार विम्बल्डन २०२४ को तेस्रो चरणको यात्रा तय गरेका छन् । उनले सेन्ट्रल कोर्टमा भएको खेलमा माटिओ बेराटिनीलाई ७–६, ७–६, २–७, ७–६ ले पराजित गरे ।

विम्बल्डन २०२४ : कठिन जितसँगै सिनर तेस्रो चरणमा

सन् २०२१ को विम्बल्डनमा फाइनल खेलेका बेराटिनीले कडा चुनौती पेस गरे पनि त्यो पर्याप्त रहेन् । डिफेन्डिङ च्याम्पियन कार्लोस एल्कारेज पनि तेस्रो चरण पुगेका छन् । उनले एलेक्जानडर एलेकजान्डरलाई ७–६, ६–२ र ६–२ ले हराए ।

महिलातर्फ इमा राडुकानु तेस्रो चरण पुग्ने प्रमुख खेलाडी रहिन् । उनले एलिसा मार्टेन्सलाई ६–१ र ६–२ ले हराइन् । चोटका कारण गत वर्ष विम्बल्डनमा नखेलेकी राडुकानु वाइल्ड कार्डको मदतले खेलिरहेकी छिन् ।

प्रकाशित : असार २०, २०८१ ०५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×