कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

जलमग्न काठमाडौं [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरुमा जलसतह बढेको छ । नदी किनारका कतिपय बस्ती डुबेका छन् भने आवश्यक सतर्कता अपनाउन प्रहरीले आह्वान गरेको छ । वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदीहरु शनिबार दिनभर टिलपिल देखिएका छन् ।

कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै वाग्मती नदीमा फसेका मकवानपुरका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामाको प्रहरीले उद्धार गरेको छ भने शनिबार दिनभर उपत्यकामा बाढीमा फसेका ५६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रमा बाढीले डुबानमा परेका १८ टहरामा बस्ने ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

नदी किनारका अधिकांश सुकुम्बासी बस्तीहरुमा बाढी पसेको छ । करिडोर सडकमा सवारी सञ्चालन अवरुद्ध बनेको छ भने जोखिमपूर्ण यात्रा नगर्न भन्दै दिनभर प्रहरीले करिडोर क्षेत्रमा गस्ती गरेको थियो ।

मनहरा नदीमा आएको भेल पसेर नेकपा एमालेको पार्टी कार्यालय जलमग्न भएको छ ।

प्रकाशित : असार २२, २०८१ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्