नेदरल्यान्ड्सले समात्यो लय
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
म्युनिख — सायद नेदरल्यान्ड्सले साँच्चै ठीक समयमा लय समातेको छ । त्यसैले त डच टिम १६ वर्षयता पहिलो पटक युरोको क्वाटरफाइनल पुगेको छ । यसका लागि टोलीले मंगलबार रोमानियामाथि सजिलो ३–० जित रच्यो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![नेदरल्यान्ड्सले समात्यो लय](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/netherlands-11-0472024041616-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/970-x-270px-1462024095005.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/coke-kanchu1200x120-pxdesign-1762024071243.jpg)
युरो २०२४ मा नेदरल्यान्ड्सको चार खेलमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन रह्यो । कोडी गाक्पोले २० औं मिनेटमा गोलको खाता खोलेपछि वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डोनेल मालेनले खेलेको अन्त्यतिर दुई गोल थपे ।
नेदरल्यान्ड्स अन्तिम पटक सन् २००८ को युरोमा अन्तिम आठसम्म पुगेको थियो । आफ्नो टिमको यो प्रदर्शनमा प्रशिक्षक रोनाल्ड कोमन दंग देखिए । उनले भने, ‘यो प्रदर्शन वास्तवमै अब्बल रह्यो । प्रतियोगितामा हाम्रो यात्रा कायम राख्ने भने यस्तै प्रदर्शन आवश्यक हुनेछ । खासमा चाहिने भनेकै यस्तै प्रदर्शन हो । योभन्दा अलिकति पनि कमजोर प्रदर्शनको अर्थ हुन्छ, फाइनल पुग्न नसक्नु ।’
खेल सुरु भएलगत्तै नेदरल्यान्ड्सले एकपछि अर्को आक्रमण बुनेको थियो, तर गोल भने भएको थिएन । कप्तान भर्जिल भान डाइकले हेडबाट निकालेको प्रहार पोस्टमा लागेको थियो । तर, समग्रमा टिमको प्रदर्शन सुधारिएको हो । यसले सम्भवतः लिग चरणमा अस्ट्रियाविरुद्ध ३–२ को हार बिर्साउने छ । तर संयोग कस्तो भने अन्तिम आठमा नेदरल्यान्ड्सको भेट त्यही टर्कीविरुद्ध हुनेछ, जसले अस्ट्रियालाई हराएको छ ।
अस्ट्रियाविरुद्धको त्यही खेललाई बेमज्जासँग सम्झिँदै प्रशिक्षक कोमनले थपे, ‘कहिलेकाहीं कोही कसैले किन खराब खेल्छ, त्यसको उत्तर नै हुन्न । यो खेलमै पनि सुरुआत सहज रहेन, मौका खेरमात्र गयो । रोमानिया आक्रामक भएर प्रस्तुत भएको थियो । तर, बलमाथि हाम्रो नियन्त्रण बढी रह्यो । खेलले अन्ततः रंग देखायो । हामीले जति पनि गोल गर्न सक्यौं, त्यसका लागि सिर्जना गरेका मौका दामी थिए । पहिलोपछि दोस्रो गोल निकाल्न समय भने लाग्यो । एउटै टिमले एकपल्ट किन खराब खेल्छ र फेरि लगत्तै राम्रो खेल्छ यसको व्याख्या कसैले पनि गर्न सक्दैन ।’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)