कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०१

प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिता जारी

काठमाडौँ — आरडीएसकी रमिशा श्रेष्ठ र नेपाल आर्मीकी आरती बमजन चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा बुधबार फाइनल पुगेका छन् ।

प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिता जारी

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा महिला ४८ केजीमा रमिशाले नक्सालकी सुष्मा तामाङ र आरतीले जेनएक्सकी सुस्मिता श्रेष्ठलाई पराजित गरे ।

नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ५० केजीमा बक्समान्डुकी पूर्णिमा तामाङले कर्णाली प्रदेशकी टीका थापालाई हराएर फाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ६७ केजीमा आर्मीका लालु आलेमगरले कैलालीका श्रृजन विकलाई हराएर फाइनल तय गरे । पुरुष ९२ केजीमा एपीएफका रविन नेपालले केवाईबीसीका ऋषभ पुरीलाई हराएर फाइनल यात्रा तय गरे ।

प्रकाशित : असार १९, २०८१ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×