बीपी राजमार्गमा पर्ने खहरेखोलामा लेदो थुप्रिँदा सडक अवरुद्ध

असार २२, २०८१

ज्योती श्रेष्ठ

The road was blocked due to the accumulation of mud in Kharekhola on the BP highway

काभ्रे — गए रातिदेखि परेको पानीका कारण बीपी राजमार्ग अर्न्तगत विभिन्न स्थानमा पर्ने खहरेखोलामा लेदो थुप्रिँदा सडक अवरुद्ध भएको छ । लेदो र गेग्र्यान थुप्रिँदा राजमार्गमा दुईतर्फी यातायात सञ्चालन नै ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यातायात सञ्चालन ठप्प हुदाँ राजमार्ग हुँदै आवतवाजत गर्ने यात्रुहरू अलपत्र परेका छन् ।

शनिबार बिहान ८ बजको समयमा जिल्लास्थित बीपी राजमार्ग अर्न्तगत काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको-८  स्थित नर्के, चारसय बेंसी, वडा नम्बर ९ जन विजयमंगल माध्यमिक विद्यालय अगाडि, गाउँपालिकाको वडा नम्बर ११ कालढुंगागा र गाउँपालिकाको वडा नम्बर १२ माम्तीमा खहरेखोलामा लेदो आइ सडक अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए । 

The road was blocked due to the accumulation of mud in Kharekhola on the BP highway

उनका अनुसार प्रहरीले स्थानीय निकायसँगको समन्वयमा अवरुद्ध भएको सडक खुलाउनको लागि प्रयास गरिरहेको छ ।

The road was blocked due to the accumulation of mud in Kharekhola on the BP highway

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully