कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

ठमेलको होटेलबाट कोकिनसहित तान्जानियाका दुई जना पक्राउ

बरामद लागूऔषधको बजार मूल्य करिब ४ करोड ३७ लाख रुपैयाँ

काठमाडौँ — नेपाल प्रहरीले एक किलो दुई सय ४७ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

ठमेलको होटेलबाट कोकिनसहित तान्जानियाका दुई जना पक्राउ

तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ पक्राउ परेका छन् । उनीहरुलाई कोकिनका ७२ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्लास्टिक कोटेड कोकिनका क्याप्सुल उनीहरुले इथियोपियामा पुगी निलेर काठमाडौं आएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ । बरामद लागूऔषधको अन्दाजी बजार मूल्य ४ करोड ३७ लाख बराबर रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : असार २०, २०८१ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×