कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०१

राष्ट्रिय उसु प्रतियोगिता सुरु

काठमाडौँ — एपीएफका मिलन राई, कोशी प्रदेशका पूर्ण राई, पुलिसका धनबहादुर तामाङ र वाग्मती प्रदेशका चन्द्र सुनुवार १६ औं राष्ट्रिय उसु प्रतियोगिताको ४८ केजी तौल समूहमा बुधबार सेमिफाइनल पुगेका छन् ।

राष्ट्रिय उसु प्रतियोगिता सुरु

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५२ केजीमा कोशीका जनम तामाङ, वाग्मतीका नीरज लामा, आर्मीका जनक धामी र एपीएफका अशोक खालिङले सेमिफाइनल तय गरे ।

नेपाल उसु महासंघको आयोजनामा प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे । तीनदिने प्रतियोगितामा ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीका १ सय खेलाडीको सहभागिता रहेको महासंघका सचिव नवीन बस्नेतले जनाए ।

प्रकाशित : असार १९, २०८१ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×