कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

कलेज टु वाच : केएमसी कलेजमा ‘भीम्याग’

काठमाडौँ — नेपालमा सञ्चालित विभिन्न कलेजको शैक्षिक वातावरण तथा गुणस्तर, अतिरिक्त क्रियाकलापलगायतका सुविधाबारे जानकारी दिने क्रममा ‘भीम्याग’ टिम काठमाडौं मोडेल कलेज (केएमसी) मा पुगेको छ । 

कलेज टु वाच : केएमसी कलेजमा ‘भीम्याग’

‘कलेज टु वाच’ अन्तर्गत भीम्याग काठमाडौंको बागबजारस्थित केएमसीमा पुगेको हो । भीम्याग टिमसँगका कुराकानीमा कलेजका प्राचार्य डा. नगेन्द्र बी. अर्यालले केएमसीले अढाई दशकदेखि विज्ञान, व्यवस्थापन र कानुन विषयमा अध्ययन/अध्यापन गराउँदै आएको बताए । उनका अनुसार २४ वर्षअघि स्थापित कलेजले हाल २५ औं ब्याच भर्ना गर्ने तयारीमा छ ।

राष्ट्रिय परीक्षा बोर्डले तोकेको पाठ्यक्रमसँगै कलेजले स्थापनाकालदेखि नै विद्यार्थीको रुचिअनुसारका पेसासँग सम्बन्धित अतिरिक्त कक्षाहरूलाई प्राथमिकता दिँदै आएको अर्यालको दाबी छ । ‘पाठ्यक्रमअन्तर्गतको पठनपाठन स्वाभाविक नै भइहाल्यो । त्यसबाहेक पनि हामीले पेसागत करिअरका विषयमा केन्द्रित रहेर विभिन्न विज्ञहरूबाट कक्षा सञ्चालन गर्दै आएका छौं,’ उनले भने ।

कलेजले हरेक वर्ष ७० देखि ८० अतिरिक्त क्रियाकलापसमेत गराउँदै आएको छ । कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख अमित घर्तीका अनुसार कलेजमा गायन, नृत्य, कला, निबन्ध, खेलकुद, पौडी, एमयूएन, मिस्टर एन्ड मिस केएमसीलगायतका क्रियाकलापहरू नियमित रूपमा हुँदै आएका छन् । त्यस्ता क्रियाकलाप विद्यार्थीहरूले नै आयोजना गर्ने र त्यसमा कलेज प्रशासनले समन्वय मात्र गर्ने उनको भनाइ छ ।

प्रकाशित : असार २०, २०८१ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×