कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

गुनोकको बचाउमा टर्कीको यात्रा

एपी

लाइप्जिग — गोलरक्षक मेर्ट गुनोकले बुनेको एक चामत्कारिक बचाउले टर्कीलाई युरोको क्वाटरफाइनल पुर्‍याएको छ । उनले जतिबेला यस्तो बचाउ गरे, टर्कीका समर्थक खुसीमा झुमे । अस्ट्रियाली खेलाडी माइकल ग्रेगोरिट्च भने हेरेको हेर्‍यै भए । उनलाई लागेको छ, अहिलेसम्म कोही गोलरक्षकको यति उत्कृष्ट बचाउ देखेकै छैन ।

गुनोकको बचाउमा टर्कीको यात्रा

गोलरक्षक गुनोकले मंगलबार राति खेलको अन्त्यतिर गरेको बचाउलाई यसपल्टको युरोको सर्वाधिक उत्कृष्ट मानिएको छ । यसमै टिकेर टर्की पनि अगाडि बढेको छ ।

अस्ट्रियाका क्रिस्टोफ बउमगार्टनरले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा एक दमदार हेडेर निकाले । त्यसमा गुनोकले लामै डाइभ मारे । र, दायाँ हातले बललाई अन्यत्रै मोडे । यसले टर्कीको अस्ट्रियाविरुद्ध २–१ को जित कायम रह्यो । यही बचाउले खेल अतिरिक्त समयतर्फ पनि गएन । ग्रेगोरिट्चले पछि भने, ‘मैले यति धेरै उत्कृष्ट बचाउ कोही गोलरक्षकबाट देखेकै छैन । यो प्रदर्शनका लागि उनलाई जस दिनैपर्छ । यो वास्तवमै अविश्वसनीय छ । यसलाई अद्वितीय पनि मान्न सकिन्छ ।’

यही बचाउलाई लिएर सन् १९७० को विश्वकपमा इंग्लिस गोलरक्षक गोर्डन ब्याङससँग तुलना गरेर सोधिएको प्रश्नमा अस्ट्रियाका प्रशिक्षक राल्फ रान्गनिकले भने, ‘हो, यत्तिकै बराबरको छ ।’ पेलेको प्रहारलाई त्यतिबेला ब्याङसले गोल हुन दिएका थिएनन् । रान्गनिकले के माने भने त्यो स्थितिमा गोल भएको भए जित आफ्नो टिमको हुने थियो, टर्कीको होइन । जर्मन प्रशिक्षकले थपे, ‘हामीले पाएको त्यो नै अन्तिम मौका थियो, तर टर्कीको पोस्टमा गोर्डन ब्याङस थिए ।’

खासमा गुनोकले यो खेलमा गरेको यो नै एकमात्र बचाउन पनि थिएन । उनले चार अब्बल दर्जाका बचाउ गरेका छन् । मार्को अर्नाटोभिचविरुद्ध ‘वान अन वान’ मा गरेको बचाउ पनि कम्तीको थिएन । यसको अर्थ के रह्यो भने मेरिह डेमिरलको दुई गोल नै टर्कीको जितका लागि पर्याप्त रह्यो । अब क्वाटरफाइनलमा टर्कीको सामना हुनेछ नेदरल्यान्ड्ससँग । खेल शनिबार बर्लिनमा हुनेछ । डेमिरलको पहिलो गोल पहिलो मिनेटमै भएको थियो । अझ ठ्याक्कैभन्दा ५७ सेकेन्डभित्र ।

पछि दोस्रो हाफमा उनले दोस्रो गोल थपे । टर्कीका प्रशिक्षक भिन्जेन्जो मोन्टेलाले भने, ‘अन्तिम क्षणसम्म पनि हामीले जसरी खेल्यौं, त्यसले देखाउँछ, हाम्रो टिम कति धेरै मजबुत छ ।’ खासमा पूरा खेलमा जहाँ अस्ट्रियाले २१ आक्रमण बुनेको थियो, त्यहीं टर्की सातमै सीमित थियो । त्यसैले प्रशिक्षक रान्गनिकको मत थियो, टिमले जति धेरै अवसर सिर्जना गरेको थियो, त्यसमध्ये केहीमात्र निर्णायक साबित भएको भए खेलको कथा बेग्लै हुने थियो ।

तर, आखिरमा दोष त उनकै टिमको त हो । प्रशिक्षक मोन्टेलाले थपे, ‘अब हामी चाहन्छौं, टिममा मानसिक र शारीरिक शक्ति फेरि जम्मा होस् र हामीले यात्रा कायम राख्न सकौं ।’ डेमिरलको गोल यस युरोको दोस्रो छिटो समयमा भएको गोल रह्यो । यसअघि अल्बानियाले इटालीविरुद्ध २३ सेकेन्डभित्रै गोल गरेका थिए । अस्ट्रियाका लागि ग्रेगोरिट्चले नै ६६ औं मिनेटमा एक गोल फर्काएका हुन् ।

प्रकाशित : असार २०, २०८१ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×