कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

सहकारी बैंकका अध्यक्ष उप्रेती पक्राउ

काठमाडौँ — राष्ट्रिय सहकारी बैंक र आइडियल यमुना हाम्रो सहकारीका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । आइडियल यमुनाको ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपमा बुधबार काठमाडौंको बालाजुबाट प्रहरीले पक्राउ गरेको हो ।

सहकारी बैंकका अध्यक्ष उप्रेती पक्राउ

उप्रेतीविरुद्ध ३० हजारभन्दा बढी बचतकर्ताको बचत हिनामिना गरेको आरोप रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

बचतकर्ताले उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकविरुद्ध पनि उजुरी हालेका छन् । एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाइएको थियो । उप्रेती झन्डै स्थापनाकालदेखि नै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पदमा छन् ।

त्यसअघि उनी लामो समय सहकारी बैंकको प्रबन्धक थिए । यस्तै, उप्रेती यसअघि दुई कार्यकाल राष्ट्रिय सहकारी महासंघमा पनि लेखा समिति संयोजक थिए । त्यसपछि गत वर्षसम्म एक कार्यकाल राष्ट्रिय सहकारी महासंघको सञ्चालक पनि बनेका थिए ।

प्रकाशित : असार २०, २०८१ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×