कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६२

कृषिलाई कर नीतिमार्फत् संरक्षण गर्ने नीति लिएका छौँ : अर्थमन्त्री पुन

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी वर्षको बजेटमार्फत् आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए ।

कृषिलाई कर नीतिमार्फत् संरक्षण गर्ने नीति लिएका छौँ : अर्थमन्त्री पुन

सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारले २०८१—२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरु फेरिएपनि नीति नफेरिने प्रतिबद्धता जनाए ।

अर्थमन्त्री पुनले नीतिगत स्थायित्व भएमात्रै देश विकास हुने बताए । चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भएपनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको बताए ।

उनले भने, ‘हामीले २०८१-२०९१ लाई कृषि दशक घोषणा गरेका छौँ । धेरै तिरको छलफल, बहस र अन्तरक्रियापछि घोषणा गरेका हौँ । राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरु फेरिन सक्छन्, हाम्रा नीतिहरु फेरिनु हुँदैन । नीतिगत स्थायित्व हुनुपर्छ । कृषि दशकको घोषणा र त्यतातिर प्राथमिकता दिएका छौँ ।'

मन्त्री पुनले भारतले कृषि क्षेत्रमा अनुदान दिएका कारण भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्नै नसक्ने अवस्था सिर्जना भएको बताए । 'भारतीय सरकारले यति धेरै कृषि क्षेत्रमा अनुदान दिएको छ, कि हामी प्रतिष्पर्धा गर्नै नसक्ने अवस्था छ ।हामीले पनि अहिलेको बजेटमा कृषिलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ । चालु वर्षमा भ्याट लगाइएको थियो, कृषि उत्पादनहरुमा । प्याज, आलु, स्याउमा । तर यसपटक त्यो भ्याटलाई हटाइएको छ ।'

प्रकाशित : असार २१, २०८१ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×