कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

इकोनोमी श्रेणीमा क्याथे विश्वकै उत्कृष्ट 

काठमाडौँ — हङकङलाई काठमाडौंसँग जोड्दै आएको क्याथे प्यासिफिकले इकोनोमी श्रेणीमा विश्वकै उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । उसलाई स्काइट्र्याक्सले यो पुस्कार प्रदान गरेको प्यासिफिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इकोनोमी श्रेणीमा क्याथे विश्वकै उत्कृष्ट 

‘हामी विश्वकै उत्कृष्ट पाँचौं वायुसेवामा समेत पुरस्कृत भएका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै यो वायुसेवालाई स्काइट्र्याक्सले विश्वकै सफा वायुसेवामा पनि राखेको छ ।’

क्याथेले निकट भविष्यमै बिजनेस श्रेणीमा रहने यात्रुहरूका लागि निःशुल्क वाईफाई सुविधा पनि थालनी हुन लागेको जनाएको छ । बेलायतमा रहेको स्काइट्र्याक्सले जापान एयरलाइन्सलाई उत्कृष्ट प्रिमियम इकोनोमी, कतारलाई उत्कृष्ट बिजनेस श्रेणी र सिंगापुर एयरलाइन्सलाई उत्कृष्ट प्रथम श्रेणीमा पुरस्कृत गरेको छ ।

प्रकाशित : असार १८, २०८१ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×