कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

ब्रिटिस कलेजले पायो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’

काठमाडौँ — ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेजले मंगलबार ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ (पीआईआर) प्राप्त गरेको छ । ‘पीआईआर २०२४ लेभल ३ : प्रगतिशील शैक्षिक संस्था’ मा सूचीकृत भएसँगै कलेजले उक्त रेटिङ प्राप्त गरेको हो ।

ब्रिटिस कलेजले पायो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’

कलेजले प्रदान गर्दै आएको सेवा–सुविधामा स्थिरता, निर्वाह गर्दै आएको सामाजिक उत्तरदायित्वको काम र शैक्षिक क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गरेका कारण कलेजले उक्त मान्यता पाएको जनाएको छ । कलेजका अनुसार विश्वव्यापी मान्यता प्राप्त मूल्यांकन गर्ने संस्था पीआईआरले टीबीसीको नाम सूचीकृत गरेको हो ।

प्रकाशित : असार १९, २०८१ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×