कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौँ — राष्ट्रिय सभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

उनले भने, ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरेको थियो ।

प्रकाशित : असार २१, २०८१ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×