कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

बाल यौन दुरूपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरा — नौ वर्षीया बालिकालाई यौन दुरूपयोग गरेको ठहर भइ फरार रहेका ६५ वर्षीय पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीको टोलीले वालिङ नगरपालिका–११ भकभकाका भीमबहादुर पौडेललाई पक्राउ गरी कैद सजाय भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको छ ।

जिल्ला अदालत स्याङ्जाले २०७९ चैत २० गतेको फैसलामा पौडेललाई ६ महिना १७ दिन कैद सजाय तोकिएको थियो । उनलाई प्रहरीले बिहीबार आफ्नै घरबाट पक्राउ गरी जिल्ला अदालत बुझाएको जिल्ला प्रहरी प्रवक्ता इन्द्र रानाले बताए ।

प्रकाशित : असार २१, २०८१ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×