कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपालको ‘बावा परियोजना’

काठमाडौँ — एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपालले मंगलबारदेखि ‘बावा’ अर्थात् बालबालिका र वातावरण परियोजना सुरु गरेको छ । काठमाडौं महानगरपालिका, सहरी योजना आयोग र विद्यालयका प्रतिनिधिको उपस्थितिमा एक प्रारम्भिक कार्यशाला आयोजना गरी कार्यक्रमको सुरुवात गरिएको हो ।

एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपालको ‘बावा परियोजना’

परियोजनामा सहभागी विद्यार्थीलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ, अप साइक्लिङ र फोहोरको वर्गीकरणलगायत विविध विषयको ज्ञान प्रदान सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नवीन विकास महर्जनले जानकारी दिए ।

महानगर वडा–२२ को हिमालय मावि र वडा–२२ को महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय गरी दुई सामुदायिक विद्यालयमार्फत यो परियोजना सुरु गरिएको छ । महानगरपालिकाले यस परियोजनाद्वारा महानगरका सरकारी शैक्षिक संस्थालाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ ।

प्रकाशित : असार १९, २०८१ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×