कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

नेपाल लाइफको सेयरधनीलाई २१.०५ प्रतिशत नगद लाभांश

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले २१.०५ प्रतिशत नगद लाभांश प्राप्त गर्ने भएका छन् । कम्पनीले आर्थिक वर्ष ०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको हो ।

नेपाल लाइफको सेयरधनीलाई २१.०५ प्रतिशत नगद लाभांश

कम्पनीको २३औं र २४औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको कर प्रयोजनसहितका दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९ सय ४९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा मंगलबार पर्साको वीरगन्जमा साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गरेको छ ।


प्रकाशित : असार १९, २०८१ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×