कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

अब स्पेन–जर्मनी ‘ब्लकबस्टर’

एएफपी

कोलोन — रोड्री, फाबियन रुइज, निको विलियम्स र डानी ओल्मो सबैले एक–एक गोल गरेपछि स्पेनले आइतबार युरोमा जर्जियालाई ४–१ ले हराएको छ । प्रतियोगिताकै आश्चर्यजनक टिम रहेको जर्जियाविरुद्ध स्पेनको यो खासमा पुनरागमन जित थियो । जितपछि अब स्टुटगार्टमा हुने क्वाटरफाइनलमा ‘ब्लकबस्टर’ साइत जुरेको छ । त्यसमा भिड्नेछन् स्पेन र जर्मनी ।

अब स्पेन–जर्मनी ‘ब्लकबस्टर’

खेलको १८ औं मिनेटमा जर्जियाले अन्तिम १६ को खेलमा अग्रता लिएको थियो, जतिबेला रोबिन ले नोर्मन्डले आत्मघाती गोल गरेका थिए । यस गोलपछि जर्जियाली समर्थकमाझ अपार खुसीयाली छाएको थियो । फेरि यो प्रतियोगितामै स्पेनले खाएको पहिलो गोल रह्यो । यो अग्रता लामो समय टिक्नै सकेन । त्यो आत्मघाती गोलको ६ मिनेटपछि नै म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले बराबरी गोल गरे । त्यसपछि एकपछि अर्को गोल निस्किहाल्यो ।

यो जितले ‘ला रोजा’ को चौथो पटक युरो जित्ने सपना कायम रह्यो । तर रोड्री स्वयं केही संयमित देखिए । उनले भने, ‘टिममा अझै पनि सुधारको केही ठाउँ छ । यो खेलमा हामी असाध्यै धेरै हाबी रहन सकेनौं । खेलमा हामी नै अगाडि थियौं ।’

स्पेन र जर्मनीबीचको खेल शुक्रबार हुनेछ । यो सन् २००८ को फाइनलको पुनरावृत्ति हुनेछ, जतिबेला स्पेनको स्वर्णिम पुस्ताको प्रभुत्व विश्व फुटबलमा सुरु भएको थियो ।

‘जर्मनी पक्कै पनि आफ्नो घरमा खेल्दै छ । तर, हामी पनि कम छैनौं र कोहीसँग पनि डराउँदैनौं,’ रोड्रीले भने, ‘हामी यहाँ उपाधि जित्न आएका हौं । हामी यहाँ राम्रो फुटबल मात्र खेल्न आएका होइनौं । अथवा हामी हाम्रो फुटबलको छविमात्रै राम्रो बनाउन चाहन्छौं ।’ लुइस डे ला फुन्टेको टिम आफ्नो स्वर्णिम दिन फर्काउने प्रयासमा छ । त्यसैले जर्जियामाथि सजिलो जित अपेक्षा गरिएको थियो । र, सम्भवतः अझ ठूलो अन्तरले जित्नुपर्ने थियो यदि सिर्जना भएको धेरै मौकाको फाइदा लिन सकेको भए ।

जर्जिया आफैंका लागि भने प्रतियोगिता निराशाजनक नै रहेन । छनोटमा स्पेनसँग जर्जिया ठूलै अन्तरले पराजित भयो । तर जर्जिया पहिलो पटक कुनै ठूलो प्रतियोगितामा छनोट हुन सफल रहेको थियो । लिग चरणमै पनि टोलीले पोर्चुगललाई २–० ले हराएर सनसनी मच्चाएको थियो । खेलपछि जर्जियाका फ्रान्सेली प्रशिक्षकले भने, ‘हामी निराश त छैनौं, तर हारका कारण दुःखी भने छौं । अबको केही दिनपछि हामीले यस युरोबाट के पायौं भनेर महसुस गर्नेछौं र त्यतिबेला फेरि खुसी फर्किनेछ ।’

प्रकाशित : असार १८, २०८१ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×