कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

बालिका बलात्कारका आरोपीप्रहरी निरीक्षक पुर्पक्षका लागि थुनामा

काठमाडौँ — नेपाल प्रहरीका निरीक्षक विदुर शिवाकोटीलाई बालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बलात्कारका आरोपी शिवाकोटीलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । प्रहरी निरीक्षक शिवाकोटीले बालिकालाई तीन वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको अभियोग छ ।

बालिका बलात्कारका आरोपीप्रहरी निरीक्षक पुर्पक्षका लागि थुनामा

शिवाकोटीलाई बालिका जबरजस्ती करणीको आरोपमा आफ्नै निवास रानीवनबाट जेठ २३ मा प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको थियो । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रहरी निरीक्षक पदमा कार्यरत थिए । बालिका ‘स्वयम्भू ३२’ (परिवर्तित नाम) ले ६ वर्षको उमेरदेखि शिवाकोटीको घरमा काम गर्दै आएकी थिइन् ।

बालिकाले काठमाडौं जिल्ला अदालतमा दिएको बयानअनुसार शिवाकोटीले १० वर्षको उमेरदेखि १३ वर्षको उमेरसम्म पटक–पटक जबरजस्ती करणी गरेका थिए । लामो समय जबरजस्ती करणीमा परेकी बालिकाले जेठ २३ मा काठमाडौं महानगरपालिकाको महानगर बाल अधिकार समितिका एक सदस्यलाई उद्धारका लागि फोन गरी बोलाएकी हुन् । त्यसको केही बेरमै महानगरको बाल उद्धार कार्यदलका सदस्य बालिकाले दिएको ठेगानामा पुगेर उद्धार गरेको थियो । त्यसकै आधारमा शिवाकोटीलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको हो । शिवाकोटीले आफूमाथि श्रीमती नभएको बेलामा मात्र नभई श्रीमती निदाइसकेपछि पनि आफ्नो कोठामा आएर पटक–पटक करणी गर्ने गरेको अभियोग पत्रमा उल्लेख छ ।

बालिका अहिले महानगरको अस्थायी संरक्षणमा छिन् । आफूमाथि भएको अन्यायबारे बोल्न सक्ने साहस बालिकामा भएको काठमाडौं महानगरपालिकाकी बालअधिकार समितिकी सचिव शान्ता पहाडीले बताइन् । ‘उद्धार गरिएको बालिका निकै साहसी छिन्,’ कान्तिपुरसित कुराकानीमा उनले भनिन्, ‘आफैं फोन गरेर आफूमाथि शोषण भएको जानकारी दिएकी हुन् ।’

स्वास्थ्य परीक्षणअनुसार शिवाकोटीले बालिकामाथि जबरजस्ती करणी गरेको पुष्टि हुने प्रहरी अनुसन्धानले देखाएको छ । शिवाकोटीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ र २२२ अनुसार कसुर गरेको अभियोग छ । पीडितका लागि सोही संहिताको दफा २२८ बमोजिम क्षतिपूर्ति माग दाबी गरिएको छ । आरोप पुष्टि भएमा शिवाकोटी १८ देखि २० वर्षसम्म कैद र ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।

प्रकाशित : असार २०, २०८१ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×