२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नुमा थाम्सुहाङ

नुमा थाम्सुहाङका लेखहरु :

पार्टीका महाधिवेशनले बढाए मुद्रण व्यापार

काठमाडौंको शंखमूलस्थित डल्फिन अफसेट प्रेसका सञ्चालक शंकर खड्का करिब दुई सातायता नेपाली कांग्रेसका पार्टी उम्मेदवारको प्रचारप्रसार सामग्री छाप्न व्यस्त छन् । उम्मेदवार चिनाउने पर्चा, भिजिटिङ कार्ड, नोट बुक, पेनमा नाम लेख्नेलगायत कामका लाग उनको छापाखाना दिनमा २० घण्टासम्म चलिरहेको छ । काम गरेअनुसार छापाको व्यापार बढेकामा उनी खुसी छन् ।

साढे ६ वर्षमा सम्पदा पुनर्निर्माण ६४ प्रतिशत मात्रै

भूकम्प गएको साढे ६ वर्षमा सम्पदा पुनर्निर्माण ६४ प्रतिशत मात्रै पूरा भएको छ । २१ प्रतिशत सम्पदा निर्माणाधीन र बाँकी १५ प्रतिशतको निर्माण नै सुरु भएको छैन । २०७२ वैशाखको भूकम्पले ९ सय २० वटा सम्पदामा क्षति पुर्‍याएको थियो ।

लघु, घरेलु तथा साना उद्योग दर्ता ७० प्रतिशत बढ्यो

दोस्रो लहरको कोरोना संक्रमण मत्थर भएसँगै लघु, घरेलु तथा साना उद्योगमा लगानी उत्साहजनक देखिएको छ । यस किसिमका उद्योग दर्ता गर्ने संख्या पनि ७० प्रतिशत बढेको उद्योग विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७६/७७ मा १ खर्ब ११ अर्ब १५ करोड ९४ लाख ७ हजार रुपैयाँ लगानीका ४८ हजार ८ सय ५४ वटा यस्ता उद्योग दर्ता भएका छन् । यो संख्या आर्थिक वर्ष ०७७/७८ मा बढेको छ । जसअनुसार एक खर्ब ८५ अर्ब २० करोड ५५ लाख ४ हजार रुपैयाँ लगानीका ८३ हजार ३ सय ८६ वटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।

विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?

गत सोमबार विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २१ केजी सुन बरामद भयो । उनीहरुले प्रतिव्यक्ति ५०– ६० ग्रामसम्म सुन ल्याएका थिए । पछिल्लो समय विदेसिएकाले फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ ।

लघु, घरेलु तथा साना उद्योग दर्ता ७० प्रतिशत बढ्यो, गत आवमा एक खर्ब ८५ अर्ब लगानी

कोभिडपछि लघु, घरेलु तथा साना उद्योगमा लगानी उत्साहजनक देखिएको छ । यस किसिमका उद्योग दर्ता गर्ने संख्या पनि ७० प्रतिशत बढेको उद्योग विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब ११ अर्ब १५ करोड ९४ लाख ७ हजार रुपैयाँ लगानीका ४८ हजार ८ सय ५४ वटा यस्ता उद्योग दर्ता भएका छन् ।

एकल बिन्दुबाट प्रायः सेवा नियमित

एकल बिन्दु सेवा केन्द्रबाट प्रायः सेवा नियमित रूपमा उपलब्ध हुन थालेका छन् । उद्योग विभागमा रहने गरी सरकारले विभिन्न ८ सरकारी निकायको सेवा सञ्चालन गरिरहेको छ । सेवा केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पूर्वाधार इकाईबाट हालसम्म कसैले पनि सेवा लिएका छैनन् ।

एकीकृत व्यापार लजिस्टिक्स पूर्वाधार बनाइँदै

एकीकृत व्यापार लजिस्टिक्सको पूर्वाधार विकास गर्न ‘लजिस्टिक्स विकास नीति’ को मस्यौदा तयार भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त नीतिको खाका तयार पारेको हो । देशको तथ्यांकीय विश्लेषणका आधारमा लजिस्टिक्स पूर्वाधार बनाइने मस्यौदामा उल्लेख छ ।

चिया निर्यातमा भारतीय अवरोध नहटाए साढे ३ अर्बको व्यापार गुम्ने जोखिम

नेपाली चिया आयातमा रोक लगाउने भारतको तयारीले साढे तीन अर्ब रुपैयाँको व्यापार गुम्ने जोखिम बढेको छ । नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतले आयातकर्तामाथि विभिन्न अवरोध लगाउन थालेपछि नेपाली चियाको बजार गुम्ने खतरा बढेको हो ।

१८१ विज्ञापन एजेन्सी सूचीकृत, बाग्मती प्रदेशमा मात्रै १७१

विज्ञापन बोर्डमा गत असार मसान्तसम्म १ सय ८१ वटा विज्ञापन एजेन्सी सूचीकृत भएका छन् । बोर्डले यही साउनमा विज्ञापन एजेन्सीलाई दर्ता हुन सूचना प्रकाशित गरेको थियो । असार मसान्तसम्म १ सय ९३ वटा विज्ञापन एजेन्सीले दर्ताका लागि आवेदन दिएकोमा प्रकृया पुगेका मात्र दर्ता भएका हुन् । 

तीन महिनामै सवा १७ अर्बको मोबाइल भित्रियो

पछिल्ला वर्ष मोबाइल आयात बढेको छ । भन्सार विभागको दुई आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) सम्मको तथ्यांकलाई हेर्दा मोबाइल आयात उच्च दरले बढेको छ । यस आर्थिक वर्षको साउनदेखि असोजसम्म १७ अर्ब १७ करोड ७१  लाख रुपैयाँ बराबरको २२ लाख ९ हजार १ सय ७६ थान मोबाइल भित्रिएको छ ।