कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०३

टेनिसको ओलम्पिक सोलिडारिटी कोर्स

काठमाडौँ — नेपाल टेनिस संघको आयोजनामा आईटीएफ/ओलम्पिक सोलिडारिटी कोचिङ विगिनर्स इन्टरमिडियट (सीबीआई) कोर्स बुधबार सकिएको छ ।

टेनिसको ओलम्पिक सोलिडारिटी कोर्स

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको कोर्समा २१ पुरुष २ महिलाको सहभागिता रहेको कोचेज एडुकेसन डिपार्टमेन्टका निर्देशक जयजीव हाडाले जनाएका छन् ।

आईटीएफअन्तर्गत साउथ, इस्ट र साउथ इस्टका डेभलपमेन्ट अफिसर जोनाथन स्तब्स, आईटीएफका जरिना माइ अरेभालो र मार्टिन सेटियवनले प्रशिक्षण दिएका थिए । उनीहरूलाई शरद् लामा, राजकुमार लामा र सूर्यभूषण वज्राचार्यले सहयोग गरेका थिए ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, टेनिस संघकी अध्यक्ष ज्योति राणा, मार्टिनलगायतले सहभागीलाई प्रमाणपत्र प्रदान गरे । जितेन्द्र परियार र राजकुमार लामालाई कोचिङ एड्भान्स प्लेयर कोर्समा उत्तीर्ण भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित : असार १९, २०८१ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×