सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयले जनताको आवाज दबाउन खोजिएको आशंका, निर्णय सोचविचार नगरी गर्दा ठूलो क्षति हुन सक्ने चेतावनी।
संविधानको अक्षरशः पालना नगर्दा संवैधानिक व्याख्या व्यक्तिगत हितमा मोडिन सक्छ, संसद्को स्वतन्त्रता जोगाउनु आवश्यक छ।
स्थानीय फलफूलको गुणस्तर बढाउँदै बजारमा प्रतिस्पर्धा गर्न कृषि एम्बुलेन्सको व्यवस्था र ढुवानी अनुदान आवश्यक भएको छ।
आज म हजारौं किलोमिटर टाढा छु । आफ्ना छोराछोरीको पहिलो हाँसो, पहिलो कदम र बिहानको चिया–घामसँगै बित्ने क्षणहरू गुमाउँदै छु । तर यति धेरै संघर्ष र पीडा खेपेर पनि म देशलाई रेमिट्यान्स पठाइरहेको छु ।
आन्दोलनकारी र सरकारबीच संवादको अभावले सडकमा जाम, सर्वसाधारणले यसबाट दैनिक सास्ती भोग्नुपरेको छ।
राजनीतिक मुद्दाको चाप बढ्यो भन्दै सर्वसाधारणका मुद्दा पन्छ्याइँदा न्याय प्रणालीको प्रभावकारितामाथि नै गम्भीर प्रश्न उठेको छ।
तीज पर्वमा महिलाहरूको नाचगानमा मौलिकता हराउँदै गएको देखिएको छ, यसले गर्दा सांस्कृतिक मूल्य र परम्परामा चुनौती थपिएको छ।
पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको वामपन्थी दल गुटबन्दी र टुटफुटको समस्याले ग्रस्त छ, जसले भविष्यलाई चुनौतीपूर्ण बनाएको छ।
नेपालको संविधानले भूमिहीनलाई जग्गा दिने ग्यारेन्टी गरे पनि २ सय ८ स्थानीय तहले प्रक्रिया अघि बढाएका छैनन्।