प्रजातन्त्रको पुनःस्थापनापछि सत्तामा कांग्रेसको हालीमुहाली रहे पनि त्यसपछिका वर्षहरूमा कांग्रेस र कम्युनिस्ट नेतृत्वको लुछाचुँडी चलेको यथार्थ हामी भुल्न सक्दैनौं । अहिले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सत्ताको वरिपरि घुम्दै स्वार्थसिद्धि गर्न तल्लीन देखिन्छन् ।
विद्यानाथ कोइरालाको ‘देखायौ वाद, गर्यौ बरबाद’ र प्रकाशचन्द्र लोहनीको ‘छलाङ्वाद र निरन्तरतासहितको गतिशीलता’ लेख पठनीय छन् । भाषा र प्रस्तुति फरक भए पनि दुवै लेखकको आशय समान छ ।
स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको मुद्दा नचल्ने निर्णय अनुमोदनका लागि, काठमाडौं सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाएको पत्रले नेपालको न्याय व्यवस्थामा प्रश्न उठाउन बाध्य बनाएको छ ।
१. आफैं उपकुलपति भएर आफ्नै विश्वविद्यालयको बारेमा यति तिखो तर सत्य टिप्पणी गर्ने हिम्मत भएका नेपालका विश्वविद्यालयका अरू कुनै उपकुलपति सायदै होलान् । यसका लागि उनलाई साधुवाद छ ।
शिक्षक सेवा आयोगले हालै सार्वजनिक विद्यालयमा रिक्त रहेका १७ हजार ४ सय ५५ दरबन्दी आपूर्ति गर्न खोलेको विज्ञापनमा लाखौं परीक्षार्थीको सहभागिता रह्यो, तर १३ हजार ४ सय ९४ मात्र सफल भए । ३ हजार ९ सय ६१ दरबन्दी अझै रिक्त छन् ।