कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

‘कांग्रेसभित्र नैतिकता छ कि छैन ?’

पाठक पत्र

'निर्मला कुर्मी मृत्यु प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई कांग्रेसले बनायो मन्त्री’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

‘कांग्रेसभित्र नैतिकता छ कि छैन ?’

हत्या आरोपितलाई मन्त्री बनायो भनेर मानिसहरू गुनासो पोखिरहेका छन् । सग्लो र चोखो मान्छे त कहाँ पाउनु नि कांग्रेसमा ?
– खराल लक्ष्मी विष्णु

भ्रष्ट, दलाल, तस्करहरू मिलेर सरकार चलाउने र जनतालाई दबाउने उद्देश्यका साथ बनेको सरकार हो । यहाँ राम्रा मान्छे मन्त्रालयमा जाने र मन्त्री हुने छैनन् ।
– दीपेश जैसी

संसारमै नभएको, हाम्रो देशमा नै हुने रहेछ ।
– श्रेष्ठ फुल

कांग्रेसमा मन्त्री हुनलाई मान्छे मारेको, भ्रष्टाचार गरेको यस्तैयस्तै योग्यता मात्रै चाहिने रै’छ ।
– अमृत राई विष्मात्’

देश कांग्रेस–एमालेबाट बन्छ भनेर आँखा चिम्लनु अन्धविश्वास नै हुन्छ ।
– नवीन शाही

अहिलेको गठबन्धन बनेकै भ्रष्टाचारी, बिचौलिया, ठग, बलात्कारीहरूको संरक्षण गर्न, तिनलाई जोगाउन, आफू जोगिन, अकुत कमाउन, देश लुट्न भन्ने कुरा नबुझ्ने नेपाली जनता कम नै होलान् ।
– सानोकाजी खड्का

कांग्रेसले मन्त्री बनाउने नै आरोपित काण्डमा नाम आएका भ्रष्टाचार, घुसखोरलाई नै हो । अरू त कांग्रेसमा हुनु पनि पर्‍यो नि मन्त्री बन्न लायक ।
– भोज कुँवर

यो पटक कांग्रेस सुध्रेला कि भन्यो, खल्तीबाट रोज राणा निकाल्छ । अब सुध्रेला कि भन्यो, पकेटबाट बादशाह कुर्मी निकाल्छ । कुकुरको पुच्छर सिधा होला, यिनीहरूको पुच्छर जहिल्यै बांगाको बांगै ।
– हरि पन्थी

सुशासन भनेकै यही त हो, जसले भ्रष्टाचार गर्न जान्दछ, जो गुन्डागर्दी जान्दछ, जोसँग धन छ, उही त हो यो देशको नेता हुने, शासक हुने हो ।
– वीर ऐरी

अब इमानदार घरमा बिस्तरा लगाएर घ्वारघ्वार गरी सुत्ने हो अनि अपराधीचाहिँ मस्तले मन्त्री पड्काउने, बस्ने हो के हाम्रो नेपालमा । इमानको त भ्यालु छैन हो ।
– दीपक अधिकारी

भ्रष्टाचारी, हत्यारा, अपराधी जोगाउनलाई त सहमतिको सरकार भनेको हो क्यारे ।
– धीरेन श्रेष्ठ

चोर, फटाहा, भ्रष्टाचारी, घुसखोरी, बेइमान, नैतिक पतन, ज्यानमारा पार्टीले नैतिकवान्, निष्कलंकहरूलाई सांसद, मन्त्री, प्रधानमन्त्री बनायो भने त्यो कांग्रेस–एमाले हुँदैन ।
– हुकुम बहादुर

फोटो र भिडियो सुरक्षित राखौं । यी कांग्रेसीहरूले केके गरे, ८३–८४ मा जनतालाई सूचीकृत गर्नुपर्छ ।
– एजे शर्मा

नैतिकता भन्ने चिज कांग्रेससँग छ/छैन ? कि कांग्रेस पार्टीभित्र मात्र हो यस्तो छुट ? रवि लामिछानेलाई नैतिकताको प्रश्न गरेर खेदो खन्दा आज हत्याराको मुख्य योजनाकार नै मन्त्री भएपछि पीडितले न्याय कसरी पाउँछन् ? सुशासन, जनताको हितमा काम गर्ने भाषण दिने ठालुहरूलाई अलिकति लाजशरम भन्ने लाग्दैन क्या हो ?
– रिस्ता मगर्नी

प्रकाशित : श्रावण १०, २०८१ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×