कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११५

सरकारको अनुभूति भएन

भाद्र २०, २०८१

ओली सरकार गठन भएको ५० दिन पूरा भएको छ । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं जनतालाई आशा देखाउने हो भने यो ५० दिन धेरै हो । तर सरकारले यो अवधिमा कुनै आशाको किरण छर्न सकेन । बरु निराशा र जनभावना विपरीतका धेरै काम भने गर्न भ्यायो । के आम जनताले देशमा मुर्दाशान्ति मात्र चाहेका हुन् त ?

होइन भने अनियमित काण्डमा संलग्नमध्ये एक जनालाई पनि यो ५० दिनमा सरकारले अदालतमा किन पुर्‍याउन सकेन ? कहाँ भागे २५ काण्डका अभियुक्तहरू ? यो अवधिमा सरकारले अनियमित काण्डमा न एउटा मुद्दा दर्ता गराउन सकेको छ न त अभियुक्तहरू नै पक्राउ गरेको छ । सरकारको न्यूनतम साझा कार्यक्रम पनि अझै आउन सकेको छैन ।

सामान्यतया सरकार गठन भएको २/४ दिनमै न्यूनतम साझा कार्यक्रम आउने चलन थियो । यसर्थ, सरकारले जनताको विश्वास जित्न यथाशीघ्र साझा कार्यक्रम बनाएर आश्वस्त पार्नुपर्छ । सरकारमा रहेका दलको सहमतिमा आगामी दुई वर्षभित्र जनताको हितमा यो यो काम गर्नेछौं भनेर दस्ताबेज सार्वजनिक गर्नुपर्छ ।
– गोपाल देवकोटा,गोकर्णेश्वर, काठमाडौं

प्रकाशित : भाद्र २०, २०८१ ०७:५५
x
×