कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

विश्वास कसको गर्ने ?

भाद्र ३०, २०८१

कुनचाहिँ दलको कुन नेताको विश्वास गर्नु अब ? अब जनताले गर्ने के ? भन्ने कसलाई ? हरेक नेतामा कुनै न कुनै कालो दाग लागेकै छ, सबै जना दोषी देखिएपछि कारबाही कसले कसलाई गर्ने ?

देशप्रति बफादार बन्ने नेता नभएपछि जनताको अवस्था यस्तै हो । कांग्रेसका उपसभापति धनराज गुरुङमाथि अहिले सहकारी ठगी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहितका व्यक्ति मिलेर सहकारीको १४ करोड ठगी गरेको आरोप लगाउँदै सोही सहकारीका सञ्चालकहरूले सीआईबीमा जहेरी दिएका छन् । सम्बन्धविच्छेद भयो भने पनि त्यो कागजी रूपमा मात्र गरेको भन्ने आरोप नेता गुरुङमाथि लागेको छ ।

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पनि सहकारी ठगी अभियोगमा छानबिन भइरहेको छ । नेताहरू कोही नक्कली शरणार्थी प्रकरणमा त कोही गिरीबन्धु प्रकरणमा जोडिएका छन् । कांग्रेस, एमाले, माओवादी, रास्वपा वा कुनै पनि दलका शीर्ष नेताहरूमाथि दाग लागेकै छ । सरकारी ढुकुटी दोहन गर्नकै लागि राजनीतिमा आएका हुन् कि क्या हो भन्ने भान हुँदै छ ।

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र ३०, २०८१ ०७:०१
×