कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

बालेनलाई काम गर्न देऊ

आश्विन १, २०८१

बालेनलाई काठमाडौं महानगरपालिकाको मेयर पदमा किन जनताले जिताए, पहिला राजनीतिक दलले बुझ्न जरुरी छ । एमाले र कांग्रेसको गढ मानिएको राजधानीमा भर्खर राजनीतिमा आएको त्यही पनि स्वतन्त्र युवाले जित्नु भनेको राजनीतिक दलप्रति जनताको नैराश्य होइन र ? सधैं एउटै कुरा रटेर मेरो गोरुको बारै टक्का भनेर हिँड्दा सफलताको शिखरमा पुग्न गाह्रो छ । त्यसैले दलका शीर्ष नेताले आफ्नो घमण्ड र अहम् त्याग्न जरुरी छ ।

स्वदेश होस् या विदेशमा बस्ने अधिकांश युवा अहिले बालेनको समर्थनमा देखिएका छन् । बालेन बोलेका छैनन्, काम गरेर देखाएका छन् । यो नै उनको सकारात्मक पक्ष हो । यदि दलहरूले जनचाहनाअनुसार काम गरेको भए अचानक बालेनको उदय हुने थिएन । युवाहरू उनको काम गराइप्रति सकारात्मक छन् ।

तर, काम गर्छु भनेर आएका एक युवा नेतालाई पुराना दलहरूले किन हतोत्साही बनाउने कोसिस गरिरहेका छन् ? काठमाडौं महानगर राम्रो बन्यो भने प्रधानमन्त्रीलाई मात्रै होइन, सबैका लागि खुसीको कुरा होइन र ? प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवार पदमा बसेका व्यक्तिले नीति निर्माण र जनताको विषयमा सोच्ने कि एउटा बालेनका विरुद्ध छुद्र टिप्पणी गरिरहने ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : आश्विन १, २०८१ ०८:१४
x
×