कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

कांग्रेस–एमालेको अनुपयुक्त चलखेल

भाद्र २८, २०८१

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पदीय आचरणविरुद्ध काम गरेर मुलुककै प्रतिष्ठामाथि आँच पुर्‍याएको अभियोग लगाउँदै उनलाई पदबाट राजीनामा दिन दबाब दिएको बुझिएको छ । राजीनामा नदिए दुईतिहाइ बहुमतका आधारमा पदमुक्त गरिदिने अभियानमा कांग्रेस र एमाले कम्मर कसेर लागिपरेका छन् । कहीं न कहीं उपसभामुखले पदीय मर्यादाको ख्याल नगरेको देखिन्छ, भलै उनले त्यसलाई मानवीय मनको प्रयोग गरेको भनेकी छन् ।

सादगी जीवन र सेवाभावले निर्लिप्त उनको विगत हेर्दा लोभमा परेर त्यसो गरिन् होला भन्ने निष्कर्षमा पुग्न सकिँंदैन । तर जानेर वा अञ्जानमै भए पनि उनले गल्ती गरेकी हुन् । त्यो गल्ती थियो भने त्यतिबेला नै एउटा निष्कर्षमा पुग्नुपर्ने दायित्व यी ठूला भनिएका दलको थिएन र ? साँच्चै नैतिकताको राजनीति गर्न खोजेको हो भने त्यसबेला किन उदासीनता ? दुईतिहाइ वा तीन चौथाइ नै पुर्‍याएर भए पनि आफ्ना स्वार्थ पूरा गर्नका लागि पिछडिएको अल्पसंख्यक वर्गबाट प्रतिनिधित्व गर्ने ती असल महिलालाई दण्डित गरे भने त्यो उनीहरूकै लागि प्रत्युत्पादक हुनेछ ।
– रत्नप्रसाद लुइँटेल, पाँचखाल–१०, काभ्रे

प्रकाशित : भाद्र २८, २०८१ ०७:०२
×