कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

वाग्मतीलाई नहेप

भाद्र २१, २०८१

पशुपति क्षेत्रमा धेरै वर्ष बिताएकाले पहिलेको स्वरूप सम्झँदा र अहिलेको अवस्था देख्दा दुःख लाग्छ । वाग्मती हिन्दु धर्मावलम्बीको पवित्र नदी हो । तर, मृत्यु संस्कारका क्रममा पशुपति आर्यघाटमा शव जलाइसकेपछि बाँकी रहेको खरानी र दाउरा–कोइला यही नदीमा बगाउने गरिएको छ । के हिन्दु अनुयायीका लागि यो गौरवको कुरा हो त ? पक्कै होइन ।

दाहसंस्कार गरेपछिको खरानी यस्तो लेदो पानीमा सेलाउनु क्षम्य हुँदैन । बरु यस्ता खरानीलाई वाग्मती छेउकै स्वच्छ स्थानमा माटोमुनि सेलाउने प्रबन्ध गरे हुने थियो कि । जबसम्म ढल मिसिएका क्षेत्रमा फोहोर पानी प्रशोधन कारखाना जोडिँदैन, तबसम्म वाग्मती सफा हुँदैन । ढल मिसाउनेलाई कानुनी रूपमा कडा दण्डको व्यवस्था गर्नुपर्छ ।

पशुपति आर्यघाटदेखि तल बाँधसम्म सेना/प्रहरीका पानी ट्यांकरबाट स्वच्छ पानी बगाउने व्यवस्था बनाए पनि यहाँको पानी केही सफा देखिने थियो कि !
– सुमनकुमार रेग्मी, कुपण्डोल, ललितपुर

प्रकाशित : भाद्र २१, २०८१ ०९:०९
x
×